बरियारपट्टी।सिराहाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु दिवाखाजाको दृश्य सामाजिक संजाल हाल्दा दिवाखाजा कार्यक्रममा सुधार हुन थालेका छन्।
विगतको समयमा सिरहाको समुदायिक विद्यालयमा खाजा कार्यक्रममा व्यापक गुनासो आएपछि जिल्लाका केही सामुदायिक विद्यालय सुधारतर्फ अग्रसर भएको छ।
दिवाखाजामा जंकफुड वितरण गरेको व्यापक गुनासो आउने गरेको थियो। त्यसबीच जिल्लाका केही सामुदायिक विद्यालयले दिवाखाजा कार्यक्रमलाई व्यवस्थित गर्ने गरी खाजा वितरण गरेको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गर्न थालेका छन्।
७ जेठ आइतबार बरियारपट्टी गाउँपालिका– १ मा रहेको आधारभूत विद्यालय कचनारीले मौसमी फलफूलअनुसार तरबुजा, केरा, स्याउ, काँक्रो दिवाखाजामा बालबालिकालाई उपलब्ध गराएको तस्बिर विद्यालयका प्रधानाध्यापक रामसुफल यादवले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे। यसअघि यस्तो गरेको पाइँदैन।खाजाको दृश्य सामाजिक संजालमा भ्यारलहुदा प्रधानाध्यापक रामसुफल नाम गाउँ,टोल र बजार चर्चाको बिषय नै बनेको थियो ।
नवराजपुर गाउँपालिकाको वडा नम्बर ५ मा रहेको श्री ज्योती आ बि देवनगर प्रधानाध्यापक रामसुफल सदायले पनि दिवा खाजा दृश्य समाजिक संजाल हाल्दा अन्य प्रधानाध्यापकहरु पनि ईख लागेका छन ।सरस्वती प्र बि को प्रधानाध्यापक रामबिनय यादवले पनि विद्यार्थीको उपस्थिति संख्या र खाजाको दृश्य दिनप्रतिदिन सामाजिक संजाल हाल्न थाल्यो ।
१२ जेठ शुक्रबारका दिन लहान नगरपालिका– २४ मा रहेको दलित भानुभक्त आधारभूत विद्यायलले मांसाहारी र शाकाहारी विद्यार्थीलाई अलग–अलग खाजाको व्यवस्था गर्याे। मांसाहारी विद्यार्थीको लागि अण्डा, चना र चिउरा, शाकाहारी विद्यार्थीको लागि तरबुज, स्याउ, अंगुरलगायतका फलफूल उपलब्ध गरायो।
२ जेठ मंगलबारका दिन लहान नगरपालिका– २१ मा रहेको आधारभूत विद्यालय मोतीपुरका बालबालिकालाई विद्यालयले तरबुज, अंगुर, क्राँको दिवाखाजामा उपलब्ध गराएको तस्बिर सार्वजनिक गर्याे।
२९ वैशाख शुक्रबारका दिन जनता आधारभूत विद्यालय बथनहा, लहान नगरपालिका– २३ ले बालबालिकालाई दिवाखाजामा फलफूल दिएको तस्बिर सार्वजनिक गरेकाे छ। स्थानीयस्तरमा पाइने फलफूलमा तरबुजा, स्याउ, अंगुर र काँक्रो वितरण गरेकाे विद्यालयले सार्वजनिक गरेको तस्बिरमा देखिन्छ।
लहान नगरपालिकाभित्र रहेको ५९ वटै सामुदायिक विद्यालयमा दिवाखाजालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कडा निर्देशन दिएको लहान नगरपालिकाका मेयर महेश चौधरीका सञ्चार सल्लाहकार शम्भु यादवले बताए।
यसअघि जिल्लाका सामुदायिक विद्यालयले दिवाखाजामा के खानेकुरा वितरण गरिरहेको वा सातामा कुन–कुन खानेकुरा उपलब्ध गराउने गरेको सामान्य जानकारी पनि सार्वजनिक गर्न असहज मान्ने अवस्थामा रहेको सूचना अभियन्ता परशुराम साहले बताए।
‘अब सामुदायिक विद्यालयहरूले पारदर्शिता अपनाउने गरी खाजामा दिइने खानेकुरा सार्वजनिक गर्ने गरेको छ,’ सूचना अभियन्ता साहले भने, ‘यो एकदमै राम्रो र प्रशंसायोग्य काम हो। यसलाई जिल्लाका सबै सामुदायिक विद्यालयले लागू गर्नुपर्छ।’
आधारभूत विद्यालय कचनारीका प्रअ रामसुफल यादवले साताव्यापी सेड्युल बनाएर विद्यार्थीलाई खाजा खुवाउने गरेको बताएका छन्। आइतबार फलफूल, सोमबार हलुवा, मंगलबार खिचडी, बुधबार सेबईको खिर, बिहीबार हलुवा र शुक्रबार चना, चिउरा बालबालिकालाई खुवाउने गरेको प्रअ यादवले बताएका छन्।
कक्षा १ देखि ६ सम्ममा खाजा कार्यक्रम लागू भए पनि कक्षा आठसम्मका बालबालिकालाई खुवाउँदै आएको प्रअ यादवले बताएका छन्।
दिवाखाजालाई अझ प्रभावकारी बनाउन स्थानीय तहबाट नियमित रूपमा अनुगमन हुनुपर्ने स्थानीय अगुवा रामकिशोर यादवले बताएका छन्। खाजा कार्यक्रम प्रभावकारी भएमा विद्यालयमा बालबालिकाको उपस्थिति र पठनपाठन पनि राम्रो हुने उनले बताए।