बरियारपट्टी।सिरहाको नर्गिमा पिक्प ठक्करबाट मोटरसाइकल चालकको आईतवार ज्यान गएको थियोे ।
हुलाकी राजमार्गअन्तर्गत बरियारपट्टी गाउँपालिका वडा नम्बर १ नर्गि स्थित सिरहा वाट सप्तरी तिर जादै गरेको म प्र ०१००४प४८३९ नम्बरका मोटरसाइकल लाई बिपरित दिशा वाट आएको स१ च १५९८नम्बरक महिन्द्राको पिकपले ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी सप्तरी वलान विहुल गाउँ पालिका वडा नम्बर ४ वेलहीको संजय यादवको उपचारको क्रममा प्रदेशिक अस्पताल सिरहामा आइतबार मृत्यु भएको थियो। ठक्कर मार्ने पिक्प आाज सोमबार बिहान ईलाका प्रहरी कार्यालय सुखिपुरले पकाउ गरेको छ ।
ठक्करबाट मोटसाइकल चालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाको सूचना अधिकारी रविन्द्रले जानकारी दिए । घटनाको एक दिन पछि पिक्प पकाउ गर्न प्रहरी सफल भएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।