सिरहाको बरियारपट्टी गाउँपालिका नम्बर ३ नबटोलिमा आयोजना गरिएको राजदेवी मेलाको भव्य कुस्ती (पहलवानी)बिहीबार देखि सुरु भएको छ ।
मेला समितिले मेला आयोजनको साथै मधेशको पुरानो पहिचान मानिएको पहलवानी अर्थात कुस्ती प्रतियोगिता समेत राखेका छन । बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले सो पहलवानी खेलको उदघाटन गर्नुभएको छ ।
दिउँसैदेखि सुरु भएको कुस्तीमा दिग्गज महिला र पुरुष पहलवानहरुले आफ्नो प्रदर्शन देखाएका थिए । अन्तिमसम्म भारतका उत्तर प्रदेशको पहलवानले खेल लम्बयाएका थिए ।सो कुस्ती बिहीबार देखि सनिवार हुने आयोजक बताएका छन । राजदेवी स्थानमा शुक्रबार बिहान ७ बजेदेखि वलिप्रदान हुने मन्दिरको पुजेगरी रामपुकार शर्माले जानकारी दिए ।