बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १का आधारभूत विद्यालयका प्रधानाध्यापक राम शुफल यादवको नेतरुतवमा शिक्षकशिक्षिका र विद्यार्थीले शैक्षिक शत्र २०८० विद्यार्थी भर्ना अभियानको नारा “समयमा विद्यार्थी भर्ना अभियान सफल पारौ मुल नारा साथ” दोस्रोपटक कचनारी गाउँ घरदैलो अभियान थालेको हो।
समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान तय गरिएको छ ।

देशै भरि शिक्षा तथा मानव श्रोत विकास केन्द्र शैक्षिक शत्र २०८० का लागि उक्त नारा तय गरेको हो । उक्त आदर्श वाक्यसहित शैक्षित्र सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको केन्द्रले जनाएको छ । सोही आधारमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार सारभूत रूपमा कार्यान्वय गर्न सबै स्थानीय तह र विद्यालयहरूलाई आग्रह गरेको छ ।


सोही आधारमा विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न हुन तथा शिक्षा विकास तथा समन्वय इकाईहरूले समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ । शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना २०८० वैशाख महिनामा नै सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई भनेको छ । त्यसका लागि स्थानीय तह शिक्षा शाखाको एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर सूचना, समन्वय र सहजीकरण गर्न लगाउनुपर्नेछ ।

सम्वन्धित समाचार :