Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

उपेन्द्र यादवको आरोप- सीके राउतको चरित्र आपराधिक छ

Sima Post Sima Post
५ बैशाख २०८०, मंगलवार
उपेन्द्र यादवको आरोप- सीके राउतको चरित्र आपराधिक छ
12
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवित्तिको भएको र उनी देश बाहिरको शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् ।


बारा २ को प्रतिनिधिसभा सदस्यका सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले सीके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित पात्र भएकोले जसपाविरुद्ध भ्रमको खेती गरेर मधेशलाई कमजोर बताउन चाहेको आरोप लगाएका हुन् ।
मंगलबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलोका क्रममा सन्चारकर्मीसँग कुरा गर्दै यादवले भने, ‘सीके राउत को हुन ? कहाँबाट परिचालित छन् ? के का लागि परिचालित छन् ? भन्ने कुरा रहस्यमयी छ, यस बारे धेरै कुरा खोज्नुपर्छ र बिस्तारै खुल्दै जानेछ ।’
देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाती र देशद्रोही बनेर राउतले राजनीतिक यात्रा शुरु गरेको स्मरण गराउदै यादवले अहिलेपनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाती, देशद्रोही र आपराधिक चरित्रको नै भएको टिप्पणी गरे ।
मधेशलाई नेपालबाट टुक्राउने नारा छाडेर मूलधारको राजनीतिमा सिके राउत आइसकेका छन् नि त भन्ने प्रश्नमा यादवले भने, ‘सीके राउत अहिले पनि राष्ट्रघाती र देशद्रोही नै हुन्, किनकि उनको व्यवहार र गतिविधि अहिले पनि हिजोको राष्ट्रघाती जस्तै छ ।’
राजनीतिक एजेंडाविहीन राउतले सिद्धान्तहीन, विचारहीन, आदर्शहीन र चरित्रहीन तथा आपराधिक मनोवृति भएकाहरुले मधेसमा जातीवादको विष घोलेर समाजलाई कमजोर बनाएर फेरि मधेसीलाई गुलाम बनाउने षडयन्त्रमा लागेको अध्यक्ष यादवको आरोप छ ।
बारा २ मा उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने आरोपको खण्डन गर्दै यादवले भने, ‘आफनै देशको नागरिक आफनै देशमा बाहिरिया हुन्छ कि अमेरिकी नागरिक (सिके राउत) ले लिएर आएको भाड़ाको उम्मेदवार बाहिरिया हुन्छ ? यसको जवाफ वैशाख १० मा बारा २ का जनताले दिनेछन् ।’
बारा २ को जनताले देखाएको समर्थन र मायाले आफनो जीत सुनिश्चित भइसकेको दाबी गर्दै यादवले भने, ‘मतान्तर अझ धेरै बढाउनका लागि हामी जनताको घरदैलोमा पुगिरहेका छौ ।’
मधेसका दलित र उत्पीडि़त समुदायले पाएका अधिकार मधेस आन्दोलनकै उपलब्धी भएको जिकीर गर्दै यादवले भने, ‘दलित समुदायले अझै धेरै अधिकार पाउन बाँकी छ। शिक्षा, स्वास्थ्य, रोजगार र आवास दलितका मुख्य आवश्यकता हुन्, यसलाई राज्यले सम्बोधन गर्नैपर्छ ।’
सोमबारको घरदैलो कार्यक्रममा यादवसंगै नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरी, कांग्रेस केन्द्रीय सदस्य अजय चौरसिया, कांग्रेसका जिल्ला सभापति राजेशराय यादव, महागढी नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव लगायतका नेताको सक्रिय सहभागिता थियो ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

५ बैशाख २०८०, मंगलवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

५ बैशाख २०८०, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

५ बैशाख २०८०, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

५ बैशाख २०८०, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

५ बैशाख २०८०, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

५ बैशाख २०८०, मंगलवार
Next Post
सरकारले जग्गाको कित्ताकाट खोल्यो

सरकारले जग्गाको कित्ताकाट खोल्यो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

2 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी