मुकेश यादव बरियारपट्टी । सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा क्याम्पस स्थापना हेतु विष्णु महायज्ञको प्रबचन र भगवत बाचन गर्न देवी प्रतिभा आउनेछ ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३स्थित बरियारपट्टीमा चैत्र १२ गते आइतबार विष्णु यज्ञको उदघाटन र क्याम्पसको शिलान्यास गर्न सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड )आउने आयोजक समितिले बताएको छ।
महायज्ञको शुभारम्भ गर्नुअघि हजारौँको सहभागितामा बृहत् कलश यात्रा निकालिएको श्री सिताराम नाम सकिर्तन एव बिष्णु महायज्ञ समितिका अध्यक्ष बिरवल यादवले जानकारी दिए ।
चैत १२गतेदेखि २३ गतेसम्म विष्णु महायज्ञ ११दिन सम्म आयोजना हुने सो महायज्ञमा झन्डै ४५ लाख भन्दा बढि खर्च हुने अनुमान समितिको रहेको छ ।
गाउँबासिहरु,भक्तजनहरू आफुखुशि आर्थिक सहयोग दिन तयार रहेको र अपुग खर्च समिति र स्थानीयले बेहोर्ने अध्यक्ष यादवले बताए ।
महायज्ञमा नेपाल सहित छिमेकि बिहारबाट समेत हजारो भक्तजनहरु आउने तथा त्यसको सम्पूर्ण तयारि पूरा हुनुका साथे महायज्ञ अवधि भरिमा महायज्ञ स्थलमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएको मेला समितिका अध्यक्ष यादवले जानकारी दिए ।
यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ ।
महायज्ञलाई सफल पार्नका लागि कलश यात्रा चैत्र १२ गते,पुरुष तथा महिला पहलमानि (बसन्त थापा सहित भारतको प्रख्यात पहलमान आउने) चैत्र १३सोमबार देखि १६ गते बिहीबार सम्म, बृन्दाबनको गौतम राशलिला,रामलिला चैत्र १२ गते देखि, देवी प्रतिभा द्वारा भागवत, विष्णु पुराण कथा वाचन ४ बजे देखि ८ बजे सम्मअखण्ड सिताराम नाम जप नौ दिन,रासलिला ८:३० बजे देखि ,झुला ,मोतका कुवा , ,सास्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु समेत सन्चालन हुने आयोजक बिष्णु दास बाबाले जानकारी दिए ।
यज्ञको निगरानी CCTV द्वारा हुने समिति कोषाध्यक्ष उमेश प्रसाद साहले जानकारी गराए ।क्याम्पसको लागि ४५ कठ्ठा जग्गा समेत खरिद भईसकेको कोषाध्यक्ष साहले बताए।