मुकेश कुमार यादव बरियारपट्टी ।सिरहाको बरियारपट्टीमा
सशस्त्र प्रहरी बल बरियारपट्टीले मंगलबार औरही गाउँपालिका वडा नम्बर १ गागन नदि बाट ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद गरेको छ ।सीमा सुरक्षा पोष्ट बरियारपट्टीले एक लाख ७० हजार बराबरको पटकाजन्य पदार्थ बरामद गरेको हो।
नेपाल भारतको दशगजा क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठको टोलीले उक्त समान बरामद गरेको हो। भन्सारको कर्मचारी ,स्थानीय संचारकर्मी, सुरक्षाकर्मीको रहोवरमा बरामद गरिएको पटका नष्ट गरिएको छ।प्रहरी निरीक्षक सुरज आएको १ महिनामा ४ लाख मुल्य बराबरको चोरीपैठारीका समान बरामद गरेको छ ।अहिले ह्वात्तै राजस्व बढे पछि स्थानीय खुशी भएको छ ।स्थानीय दिनेश मुखियाले भने यस्तो राजस्व कसैको पलामा उठेको थिएन।