बरियारपट्टी ।चिसोबाट जोगाउन सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा खाद्य तथा पोषण सुधार आयोजना आयोजना कलष्टर इकाई राजविराजका बरिस्ठ अधिकृत बिजय मण्डलको सहयोगमा र सिरहा पत्रकार मुकेश कुमार यादव पहलमा अशक्तलाई बुधबार घरमै पुगी पाइन्ट भेस्ट वितरण गरेको छ।
न्यानो कपडाको अभावमा चिसोले कठ्याङ्ग्रिएर बसिरहेका विपन्न, दलित, अशक्त, नागरिकको गाउँपालिका पुगेर पाईन्ट भेस्ट वितरण गरेपछि उनीहरुले खुशी व्यक्त गरे।
चिसो मौसममा सप्तरीको राजविराज वाट बरिस्ठ अधिकृत मण्डलले हामिहरुलाई घरमा आई २५ थान भेस्ट पाईन्ट दिएर ठूलो सहयोग गरेकोमा खुशी प्रकट गर्दै राम बिलास रामले धन्यवाद दिइन्।
वितरणमा सहभागीमा स्थानीय बुद्धिजीवि ,भुपू कार्यपालिका सदस्य सुरेन्द्र ठाकुर,जोगिन्द्र कामत,सन्तोष यादव र समाजसेवी राजेन्द्र यादव स्थानीय लगायतको उपस्थिति थियो ।
केहि दिन यता बल्ल दिउँसो मधुरो घाम लागे पनि बिहान बेलुका अत्याधिक चिसो हुने गरेकाले गरिब, विपन्न र आशक्त वर्गका सर्वसाधारण शीतलहरको मारमा परेका छन्।
सेवा नै धर्म हो , सच्चा धर्म नै समाजिक परिवर्तणको जग हो।मानवले मानवतालाई विर्सनु हुन र सहयोगको खाचो हुने मानवलाई सहयोग गर्न सके बास्तविक धर्म हो समाजसेवी राजेन्द्र यादव भने ।