मुकेश यादव बरियारपट्टी।सिरहामा अधिकान्स डेरी मापदण्ड विपरीत रहे पनि सरोकारवाला मौन देखिएको छन।


खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरी , घरेलु तथा साना उद्योग कार्यालय लहान र सरोकारवालाहरु आज हुलाकी रहेको होटल डेरीको अनुगमन क्रममा दर्जनौं उद्योगीलाई कार्वाही गरेको छ।


सिरहाको हुलाकी रहेको जय माँ गडहीडेरी ,एच एम डेरी,जनभरोसा डेरी लगायतका डेरी मापदण्ड विपरीत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरी प्रमुख सुरेश महतो वताए ।यस डेरीहरुमा अखाद्य पदार्थ प्रयोग गरेको र प्रक्रिया पुरा नगरी संचालन गरेको घरेलु तथा साना उद्योग कार्यालय लहान प्रमुख दिपेन्द्र यादवले बताए ।
नेपालमा डेरी क्षेत्रको नियमन, दूध तथा दुग्ध पदार्थको स्वच्छाता एवम् गुणस्तर निर्देशिका २०७५ ले निर्देश गरेको मापदण्ड, असल उत्पादन अभ्यासका पुर्वाधारको प्रयोग नगरेको जानकारहरु भन्छ ।


त्यस्तै हुलाकीमा रहेको दर्जनौं होटलहरुमा सरसफाइ नरहेको ,भाडामा रहेको पुनरानो तेल पटकपटक प्रयोग गरेको अजय होटल, भगवती होटल बमबम होटल ,भगवानपु होटल र खडका होटल कार्वाही गरेको छ ।

सम्वन्धित समाचार :