मुकेश यादव ।बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँ पालिका वडा नम्बर ५ जिझौलमा घरेलु तथा साना उद्योग कार्यालय लहान द्वारा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग कार्यालय लहानको प्रमुख दिपेन्द्र यादवले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताएको छ ।


मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ । जसले मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या पर्दैन । श्रमले मानिसलाई सम्मानित बनाउँछ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुनेछ प्रमुख यादव भने । सिलाई कटाई तालिमपछि ग्राहकको रुचि अनुरुप ड्रेस मेकिङ गर्न सक्ने एक दक्ष प्राविधिक बन्ने भएकाले तालिममा सहभागिहरुलाई मेहनतका साथ तालिममा सहभागि हुन अनुरोध गरे । सिप र दक्षताले मानिसको भबिष्य निधारण गर्ने भएकाले त्यसलाई ख्याल गरि काम गर्न आग्रह गरे ।
कार्यक्रमको विष्ट अतिथि अजय यादवले सरकारी स्तरबाट दिएका तालिमहरुको महत्व हुने भएकाले तालिमपछि सहभागिहरुले हासिल गर्ने सिपलाई परिक्षण गरि प्रमाण पत्र प्रदान गरिने भएकाले तालिममा ध्यान दिन यादवको आग्रह थियो ।

कार्यक्रममा घरेलुका निर्देशक इन्द्र झाले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिएको हो । हामीले दिएको तालिमले महिला दिदि बहिनीहरु स्वरोजगार आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताए । घरेलुले बिभिन्न प्रकारको तालिमहरु दिदै आएको छ । जसले तालिम लिई स्वरोजगार बन्ने हिसाबले आबेदन दिएको हुन्छ, त्यसलाई मात्र तालिम दिईने निर्देशक झाले जानकारी दिए ।


घरेलु तथा लद्यु उद्यमबाट उत्पादित स्वादेशी उत्पादनलाई प्रयोगमा ल्याउने निति भएकाले अब यस् कार्यालयले सबैले स्वदेशी बस्तुको प्रयोगमा ध्यान दिनु पर्नेमा जोड दिए । घरेलुले प्रदान गरेको तालिमहरुलाई घरेलुको मात्र नभई सबैको भएकाले यसलाई सबै क्षेत्रबाट अनुगमन गरि दिन भिपु उपाध्यक्ष रेखा कुमारी यादवले आग्रह गरे ।

सम्वन्धित समाचार :