लहान, माघ १३ गते । देश भरीका सिडियोहरुलाई सरुवा गर्नेक्रममा सिरहाका सिडियोलाई गोरखाका लागि सरुवा बदर गरि गृहमन्त्रालय को गन्तब्यको पत्र पठाएकोछ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी जिउ १४ महिना सिरहाबासिको बिचमा अनेकन जनताको हितमा गरेको कर्यहरु प्रती हामी गौरवानित छौ ।
उहाले पाएको साफलतालाइ स–सम्मान गर्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्षः मनोज बनैता यादव, कोषा अध्यक्ष बिरेन्द्र प्रसाद नेपाल, सदस्य बिरेन्द्र बिरु यादव, सदस्य महेश सिंह, पत्रकार धर्मेन्द्र पासवान, जनकपुर टुडेको मुकेश यादव र नयाँ पत्रिकाको संचारकर्मी मणिलाल बिश्वकर्मा लगायत दर्जनौ पत्रकारहरुले खाधा ओढाई अविर लगाएर सम्मन तथा बिदाई कार्यक्र गरेको छ ।
प्र.जि.अ. लालबाबु कवाडी सिरहामा सयौ प्रकारका चुनौतीसँग लडेर चौध महिनासम्म गरेको कार्यलाई प्रशंसा गर्दै पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले भने सवैमा सवै किसिमका क्षमता हुदैन तर प्र.जि.अ. कवाढीमा अदभूत क्षमता रहेकोले जस्तो–जस्तो ठाउँको संस्कृति छ त्यस्तै किसिमको प्रस्तुतीले आज सिरहावासीका लागी लोकप्रिय सिडियोको रुपमा चिनिएको छ ।
स्थानिय चुनावमा लालबावु कवाडी ज्यूको राम्रो भूमिका थियो त्यसैले शान्तिपूर्वक चुनाव गराउन सफल भएको छ भने सिरहा जिल्लामा सवभन्दा बढी मिटर व्याजीको केश आउने भएकोले सयौ मिटर व्याजी जस्ता लेनदेनको मुद्या सम्झौतामा नै मिलाएको प्र.जि.अ. कवाडीले भने ।