Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

Sima Post Sima Post
१२ माघ २०७९, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
25
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

गोरखा जाने तयारीमा थिएँ, मन्त्रालय आउनु भनियो: सिडिओ कवारी

माघ ६ गते गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्लाका अधिकारी (सिडिओ) को सरूवा भएको सूचना निकाल्यो। रवि लामिछाने गृहमन्त्री भएपछि र सिडिओ सरूवासम्बन्धी नयाँ कार्यविधि बनेपछि पहिलो पटक सिडिओहरूको सरूवा भएको हो।

उक्त सूचीको तेस्रो नम्बर गोरखाका नयाँ सिडिओको नाम थियो। अहिले सिराहामा सिडिओ रहेका लालबाबु कवारीलाई गोरखा पठाइएको थियो। कवारी मुस्लिम समुदायबाट अहिले सिडिओ बनेका एक मात्र व्यक्ति हुन्। 

गृहले सरूवा भएको पत्र पठाएपछि कवारीले गोरखा जाने तयारी गरे।

‘म गोरखा जाने तयारीमा थिएँ तर हिजो (मंगलबार) मन्त्रालयमा उपस्थित हुन आउनू भन्ने पत्र आयो,’ कवारीले सेतोपाटीसँग भने,‘मेरो सरूवा किन बदर भएको केही थाहा छैन।’

नयाँ गृहमन्त्री र नयाँ कार्यविधि आएपछि भएको सिडिओको पहिलो सरूवा नै गृह आफैंले किन बदर गर्‍यो भन्ने जवाफ गृह मन्त्रालयले दिएको छैन।  

यसबारे जिज्ञासा राख्दा गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आफूलाई कारण थाहा नभएको बताए।

‘उहाँको सरूवा बदर भएको छ। मन्त्रालयमा जिम्मा राखिएको छ। अरू कसलाई पठाउने भन्ने निर्णय भएको छैन,’ उनले सेतोपाटीसँग भने, ‘प्रशासनिक रूपमा सबैको कारण हुँदैन। बदर भयो अब, जाने मान्छेको पनि प्रतिकूलता हुन्छ। तर सबै कुरा मलाई पनि थाहा भएन।’

गोरखाका तत्कालीन सिडिओ र सहायक सिडिओ सरूवा भएर अन्त गइसकेका र नयाँ सिडिओको सरूवा बीचमै बदर भएपछि गोरखा अहिले सिडिओविहीन बनेको छ। 

गोरखाका तत्कालीन सिडिओ शंकरहरि आचार्यको कपिलवस्तुमा सरूवा भएको थियो। उनी रवाना लिएर कपिलवस्तुमा हाजिर समेत भइसकेका छन्।  गोरखामा सहायक सिडिओ रहेका चित्रांगत बरालको जिल्ला प्रशासन कार्यालय पर्वतमा सरूवा भएको थियो। उनी पनि उक्त कार्यालयमा हाजिर भइसकेका छन्। 

गृहले गोरखाको नयाँ सिडिओमा कवारी र सहायक सिडिओमा इलाका प्रशासन कार्यालय बुटवलमा रहेका पुष्कर रानालाई सरूवा गरेको थियो। सहायक सिडिओ राना पनि गोरखा पुगेका छैनन्। अहिले काठमाडौंमा रहेका उनले बुटवलबाट रमाना लिनै बाँकी छ।

सिडिओ र सहायक सिडिओ नभएपछि जिल्ला कारागार कार्यालय गोरखाका प्रमुख रहेका गणेश भट्टराई अहिले निमित्त सिडिओ भएका छन्।

‘पहिले कवारी सरलाई पठाउने भन्ने थियो। अहिले फेरि उहाँलाई पठाउने निर्णय बदर भएको भन्ने खबर आयो,’ उनले भने, ‘सहायक सिडिओ पनि पठाउनुभएको थियो। तर उहाँ पनि खै आउने कि नआउने ठेगान छैन।’ 

गृह आफैंले गरेको सरूवा र बदरले गोरखा सिडिओविहीन बन्न पुगेको हो। स्रोतहरूका अनुसार गोरखाको नयाँ सिडिओबारे गृहमन्त्री लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खिचातानी भएको देखिन्छ। 

गोरखा प्रचण्डको निर्वाचन क्षेत्र पनि हो। यहाँ सिडिओ पठाउँदा विगतमा माओवादी र नेपाली कांग्रेसबीच टकरावकै स्थितिसमेत देखा पर्ने गरेको थियो।

जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रचण्डको स्वागतमा सिडिओ नगएकोमा प्रचण्डले तत्कालीन सिडिओलाई ४३ दिनमै सरूवा गरिदिएका थिए।

‘गृह मन्त्रालयले यसपालि सिडिओहरू सरूवा गर्दा प्रचण्डको निर्वाचन क्षेत्र गोरखामा कसलाई पठाउने प्रचण्ड वा माओवादीका नेताहरूसँग समन्वय गरिएन। विधि र पद्धति भनियो। यसले गर्दा गृह मन्त्रालयले सरूवा गरेका कवारी गोरखामा हाजिर हुनै नपाई गृहमै तानिएका छन्,’ स्रोतले भन्यो। 

यो विषयमा मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेले कुरा पनि उठाएका थिए। संसदको रोष्टमबाट उनले भनेका थिए- राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक छ। तपाईंहरू जिल्लामा आफ्ना मान्छे पठाउन सिफारिस गर्न छोड्नुस्। राज्यका सबै मान्छे हाम्रा मान्छे हुन्। तपाईंहरूले सिफारिस गर्न छोड्नुभयो भने मात्रै हाम्रो आधा काम सहज हुनेछ।

गृह मन्त्रालयले केही समयअगाडि मात्रै सिडिओहरूको सरूवासम्बन्धी कार्यविधि जारी गरेको थियो। 

उक्त कार्यविधिमा जिल्लाको शान्ति सुरक्षा बिग्रिएमा, लामो समय सिडिओ कार्यालयमा अनुपस्थित रहेमा, स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएमा, विभागीय कारबाही सिफारिसमा परेमा, आचारण तथा अनुशासनसम्बन्धी प्रश्न उठेमा सरूवा गर्न सक्ने उल्लेख छ।

उक्त कार्यविधिअनुसार भएको पहिलो सरूवा नै गृहले आफैं बदर गरिदिएको छ। 



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१२ माघ २०७९, बिहीबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१२ माघ २०७९, बिहीबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१२ माघ २०७९, बिहीबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१२ माघ २०७९, बिहीबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१२ माघ २०७९, बिहीबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१२ माघ २०७९, बिहीबार
Next Post
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

2 days अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी