सिरहामा औषधीसँगै पीउँदा एक बालिकाको मृत्यु भएको अभिभावकले आरोप लगाएको छ। औषधी खानेक्रममा स्प्रीट पीएर विरामी भएका सिरहाको मिर्चैयास्थित सगरमाथा हाइयर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नपा ११ पदमपुरका धर्मेन्द्र महराको छोरी १६ वर्षिय सृजना कुमारी महराको उपचारको क्रममा मृत्यु भएको हो।

महिनाबारीका कारण पेट दुखेका सृजनाले शुक्रवार स्कूलकै एक शिक्षिकाले दिएको औषधी खानेक्रममा पानीको सट्टा स्प्रीट पीउँदा विरामी उनी थप विरामी भएपछि विद्यालयका संस्थापक प्रिन्सिपल प्रदिप तिवारी आफैले घरसम्म पुर्याएको अभिभावले जनाएको छ।

घरमा सृजना थप विरामीभएपछि उपचारको लागि मिर्चैयाहुँदै फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुर्याएका थिए। उनको उपचारको क्रममा गएराती मृत्यु भएको अस्पतालले जनाएको छ। विद्यालयको लापर्वाहीका कारण सृजनाको मृत्यु भएको अभिभावको आरोप छ।

अस्पलले फोक्सो पुरै सेतो भईकेको र अक्सिजनको कमिको कारण सृजनाको मृत्युभएको अस्पतालका डा. स्यामकुमार साहले जानकारी दिए। उनले फोक्सो सेतोहुनुको कारणभने फोरेन्सिक जाँचबाटमात्र खुल्ने जनाए।

प्रहरीले सृजनाले शुक्रवार स्कूलकै एक शिक्षिकाले दिएको औषधी खानेक्रममा पानीकोसट्टा स्प्रीट पीउँएको बताए। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरी वहादुर वलीले सृजनाको हातमा पानीको सट्टा कसरी स्प्रीट पुग्यो भन्ने विषयमा छानविन भईरहेको जनाए। उनले भने, ‘स्कूलले पनि घटना स्वीकार गरिसेको छ, उनले स्प्रीट पीउने अवस्था कसरी भयो भन्ने विषयमा औषधी दिने शिक्षीकालाई नियन्त्रणमा लिएर छानविन गरिरहेका छौं।’

यता स्कूलका संस्थापक स्प्रन्सिपल तिवारीले पनि घटना भएको स्वीकार गरेको छ।

सम्वन्धित समाचार :