Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कमरेड! धुलाम्मे भैसक्यौ, अब युवालाई सुन

Sima Post Sima Post
१ पुष २०७९, शुक्रबार
कमरेड! धुलाम्मे भैसक्यौ, अब युवालाई सुन
7
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter
  • सुदर्शन पराजुली

कति लड्दै उठ्दै गर्ने हो कामरेड ?धुलो टक्टक्याउदै त उठौला तर धुलो धेरै जमिसक्यो। सबैले देखिसके दागैदाग, टाटैटाटा। तिमी त जसोतसो उठौला, एउटा पदसँग दाग साटौला तर हामी? पार्टी ? अनि अझै तिमीसँग आशा गरेर बसेका सहिद, बेपत्ता, अङ्गभङ्ग परिवार? तल्लो बर्गका परिवार? यी सबै कसरी उठ्ने? अझै चेत्दैनौ भन्या?

झापामा २०२८ सालमै चेतना आयो। सामाजिक जागरण आयो। ओलिले त्यो चेतनासँगै दाउपेच सिके। चलाख र धुर्त दुबै भए। तिमीमा चेतना मात्रै आयो। तिमी धुर्त हुन सकेनौ। त्यसैले तिमी चलाख मात्रै भयौ। चलाखहरुको सङ्गत राम्रै हुन्छ तर धुर्तहरुको सङ्गत असाध्यै नराम्रो हुन्छ, हुँदोरहेछ। धुर्तको ललिपपमा अझै पनि झिङ्गा जसरी अलमलियौ भने १८ बाट १२ र १४ बाट ८ मा आउछौ।

चेत न हो चेत! लौन कमरेडलाई धुर्तहरुबाट जोगाउन लागौं! आफ्नै सहोदर माधब नेपाल, बामदेब गौतम, भीम रावल, घनश्याम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्रीहरू सहन नसक्नेले के तिमीलाइ बाँकी राख्लान्? हामीलाई बाँकी राख्लान? मौका पाउनासाथ हिजो के गरे? धुर्तहरू फेरि एउटा मौकाको पर्खाइमा छन्। आफुलाई कम्युनिष्ट भजाउछन्। अनि सबै कम्युनिष्ट उस्तै हुन् भनाउन लागिरहेका छन्, लगातार- लगातार । हिजो तिमीहामीले रोजेको बाटो यो हो त? पद, प्रतिष्ठा पाइन्छ र चाहिन्छ भनेर लागेको हो त? कहाँ गयो त्याग, समर्पण अनि बलिदानको त्यो बिश्वास? फेरि एकपटक जागौं र जगाऔं।

ढिलो भैसक्यो है। नभए देशलाइ अर्कैले अर्कै दिशामा लैजादैछ। त्यो न तिमी हेर्न सक्छौ न हामी हेर्न सक्छौं। बहिष्कृतहरूलाई अघिपछि नलगाऊ, तिमीले प्राप्त गर्ने प्रधानमन्त्री र केही थान मन्त्रीले हुनेवाला केही छैन। २०६४ देखिनै खाएका होइनौ र? खानेको बाहेक देश, जनता र पार्टिको उन्नति भयो कि अधोगति मात्रै? त्यसैले केही थान जागिरको लागि मरिहत्ते नगर। देश हार्ने, पार्टी हार्ने, नीति र बिचार हार्ने र अन्त्यमा हामी सबै हार्ने बाटो रोज्दै नरोज प्लिज!

वरिपरी बसेर मृदङ्ग बजाउने अनि हुक्का खुवाउने कमरेडहरुको मात्रै भर नपर। नेतृत्वले अरुका कुरा पनि सुन्नुपर्छ। त्यसो गरे ‘सुनमा सुगन्ध’ हुन्छ। नेतृत्वको वरिपरी छमछम् नाचेर लाभ लिन पल्केकाहररू नेतृत्व कमजोर भएका बेला उपियाले जसरी छाडेर जान्छन्। उपिया गतिमा पहिलो हुन्छन् ती! भए नि! याद छ हैन, बादल, प्रभु, टोपबहादुर, मणि लेखराज इत्यादिले के गरे?

त्यसैले पार्टी र संगठनमा योगदान गरेका, सम्पुर्ण जीवन राजनीतिमा समर्पण गरेका, नेतृत्व कमजोर हुँदा पनि साथ, सहयोग र समर्पणमा रहेकालाई कमरेडले चिन्नुपर्‍यो। नेतृत्वलाई झिलिमिली देखाउनेहरुले त कमजोर भएका बेला तिरिमिरी झ्याईँ पार्छन् । त्यसैले अब त्यागीका कुरा सुन। युवाका कुरा सुन। लेखनाथ न्यौपानेलाई सुन। दिपशिखा सुन, युवराज चौलागाईं सुन, डिपि ढकाल सुन, सुदिप कुँवर सुन, बिजय गौतम सुन, पुरन केसी सुन, आइपी खरेल सुन, जुम्लाका निवर्तमान सांसद गजेन्द्रबहादुर महत सुन।

महतले लामो श्वास लिदै ‘भो मलाइ चाहिएन संसदीय राजनिती’ किन भने? भरत थापाहरूलाई सुन, पवन कार्की, गङ्गा कार्की, रन्जित तामाङ, बिजय किराँत, सन्तोष पनेरु, आस्था केसीहरू जस्ता थुप्रैको नाम लेख्न मन छ, जो यथास्थितिमा रम्न चाहदैनन्। ती सबैलाई सुन। आन्दोलन र पार्टी भन्दाभन्दै पुरै जवानी सकेर, पाखा लागेर आफ्नो श्रममा बाचेकाहरुको कुरा सुन। अनि ‘अयोग्य’ लडाकु हुँदै बिदेशमा चिहान खन्न, भेडा र उँट चराउन गएकाहरुको कुरा सुन।

प्रेम रिमाल र खगेन्द्र सङ्ग्रौलालाई सत्रु नठान, बरु सत्रु ठान्नेहरूबाट टाढा हौ। किन सुन्छौ ठेकेदार र ब्यापारीको कुरा? केही ब्यापारी र ठेकेदारलाई तिम्रा मन्त्री चाहिएको हो। केही अवसरवादी-बुद्धिजीवीलाई केही थान राजदुत र केही जीएम-अध्यक्ष चाहिएको हो, अरुले दिनेभए ती त्यतै लाग्छन्। यो पनि हेक्का होस् कमरेड महोदय! त्यसैले ३०/३५ बर्ष कटेका र ६० तलकाहरुको भेला गर।

देश र बिदेशमा रहेका प्रतिनिधि अगुवा हजार, दुईहजारको कुरा सुन। तिमीहरू ती युवालाई अनुभव देऊ। तिनीहरुले योजना दिन्छन्। त्यही योजनामा अघि बढ। अनि हेर देश, स्थानीय पालिका अनि पार्टी के र कस्तो बन्छ? कसरी बन्छ? के नरबहादुर कर्माचार्य, काइलाबा, दिल बहादुर श्रेष्ठ र मोहन बैद्यले तिमीहरुलाइ बिश्वास गरेर आन्दोलनको जिम्मा दिएको होइन त्यतिबेलै? के निर्मल लामाले नारायणकाजी(प्रकाश), गिरिराजमणिहरूलाई जिम्मा दिएको होइन र त्यतिबेलै? किन भुलेको के! किन? युवालाई विश्वास गर।

तिमीलाई राम्रो अभिभावक मान्नेछन तिनले। किनकी अब यो देशको चिन्ता, नेपाल र नेपालीको चिन्ता र भर्खरैका बालिग र बालबालिकाको चिन्ता युवालाई छ, हामीलाई छ। बाहिरबाट आएका/आउने सबै प्रस्तावहरु भडुवा प्रस्ताव हुन्। यदि चिनेनौ र चेतेनौ भने अब दसबर्ष भित्रैमा भीडले निर्णय गर्नेछ। त्यो एकदमै दु:खदायी हुनेछ। देश हार्नेछ, गणतन्त्र हार्नेछ र हामी हार्नेछौ। फेरि उठ्न समय लाग्नेछ र तिम्रो रातो ईतिहासमा कालो पोतिनेछ। अझै देशभरी र कुनाकन्दरामा झिनो आशाले, परिवर्तनको आशाले र देश उन्नतिको अभिप्रायले तिम्रो सही निर्णय पर्खेर बसेका धेरै छन्। घात नगर! सभार झिल्को डटकम



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१ पुष २०७९, शुक्रबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१ पुष २०७९, शुक्रबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१ पुष २०७९, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१ पुष २०७९, शुक्रबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१ पुष २०७९, शुक्रबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१ पुष २०७९, शुक्रबार
Next Post
सिरहा-बरियारपट्टी नाका सिल

सिरहा-बरियारपट्टी नाका सिल

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

7 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

8 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी