मुकेश यादव बरियारपट्टी।
सिरहाको बरियारपट्टी मा बिहीबार बिहान फालिएको अवस्थामा फेला परिएको नवजात शिशु को उपचारको क्रममा राति मृत्यु भएको छ ।चिसोको कारण कठ्याङ्ग्रिएको र श्वास प्रश्वास मा समस्या भई भेन्टीलेटर मा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको सिरहा अस्पतालले जनाएको छ ।
बरियारपट्टी बजार भन्दा ३०० मिटर पश्चिम र दक्षीणमा बिहीबार बिहान सालनाल सहित छोरा शिशु भेटिएको थियोे । स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अबस्थामा उक्त बच्चा भेटिएको थियो ।
बच्चा भेटिएपछि स्थानियले ईलाका प्रहरी कार्यालय बरियापट्टीमा खबर गरे प्रहरी टोली घटना स्थलमा पुगी उक्त नवजात शिशुलाई स्वास्थ्य चौकी बरियारपट्टीमा राखिएको थियो ।शिशु छोरा रहेको २.८ किलोका रहेको छ र स्वास्थ्य अबस्था राम्रो रहेको ईलाका प्रहरी कार्यालय बरियापट्टीले जनाएको थियो ।
उक्त शिशुलाई जिल्ला अस्पताल सिरहामा पठाएको थियो ।