Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चुनावी विवादले सिरहामा युवकको हत्या, बौरियो कि बर्बराउँछिन् चन्द्रिकादेवी यादव

Sima Post Sima Post
१३ मंसिर २०७९, मंगलवार
चुनावी विवादले सिरहामा युवकको हत्या, बौरियो कि बर्बराउँछिन् चन्द्रिकादेवी यादव
105
SHARES
328
VIEWS
Share on FacebookShare on Twitter


सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका –१ नरगी गाउँका एक युवकको हत्या गरी दुर्घटनाको रुप दिइएको खुलेको छ। नरगी गाउँका रामशंकर यादव(३२)को हत्या गरी दुर्घटनाको रुप दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शुक्रबार राती करिब ११ बजे रामशंकरको हत्या गरी नरगी कुसण्डी सडकमा फालिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो। सो राती उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भन्दै रामशंकरकै साथी सोही गाउँका दिपेन्द्र यादव(४०)ले प्रहरीलाई फोन गरेको स्थानीयले बताए। सो राती मृतकको शव हत्तार हत्तार उठाएर पोष्टमार्टमका लागि लगिएपछि शंका लागेर स्थानीयले मृत्युको कारण खोतल्न थाले। र, रामशंकरको हत्या भएको सुराक पाएपछि आफन्तले अनुसन्धानका लागि प्रहरीलाई जानकारी साझा गरेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा दिपेन्द्र यादव, डम्बर यादव र अजय साहलाई नियन्त्रणमा लिएको छ। उनीहरुबाट रामशंकरको हत्याको सुराक फेला परेको प्रहरी स्रोतले जनायो। हत्याको घटनालाई पचाउन संलग्नहरुले दुर्घटनाको रंग दिन खोजेको थियो।

सिरहा प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीका अनुसार मृतकका आफन्तबाट कर्तब्य ज्यान सम्बन्धी किटानी जाहेरी दर्ता भएको छ। सोमबार सोही मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद लिएर अनुसन्धान अघि बढाउने डिएसपी बुढाथोकीले बताए। शव विस्तृत पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए।

यसरी भयो हत्या

रामशंकर नेपाली कांग्रेसका स्थानीय नेता हुन्। यस क्षेत्रमा उनको परिचय युवा नेताको रुपमा छ। माओवादीमा संलग्न दिपेन्द्र, डम्बर र अजयसँग फरक दलमा संलग्न रामशंकरको सम्बन्ध राम्रै थियो । संगै खानपिन गर्ने, घुमफिर गर्ने गर्थे उनीहरु। फरक दलका भएपनि आइतबार सम्पन्न आम निर्वाचनमा उनीहरु गठबन्धनका कारण एउटै मोर्चामा थिए। भोट माग्नेदेखि भोट खसाल्दासम्म उनीहरु संगसंगै थिए। मतदानसम्म राम्रै सम्बन्ध भएका उनीहरुको मतपरिणाम सार्वजनिक भएपछि सम्बन्ध चिसिएको स्थानीय बताउँछन्।

सिरहा क्षेत्र नम्बर २ मा पर्ने यस गाउँबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रसकी चित्रलेखा यादवलाई अपेक्षित मत नपरेको विषयमा उनीहरुबीच विवाद भएको स्थानीय बताउँछन्।

शुक्रबार राती दिपेन्द्रले नै रामशंकरलाई फोन गरेर बोलाएको उनका भाई सुरेश यादवले बताए। फोन गरेर बोलाएपछि उनी मोटरसाइकल लिएर नरगी चोकतिर गएका थिए सुरेशले नागरिकसँग भने,‘मोटरसाइकलमा बसेर दिपेन्द्रले दाइलाई नरगीको सीमामा रहेको मदिरा पसलमा लगेका थिए।’ मदिरा पसलमा दिपेन्द्र, अजय र डम्बरसहितका व्यक्तिले दाईको हत्या गरेको सुरेशको आरोप छ।

मदिरा पसलमै मारेर उत्तरमा रहेको दिपेन्द्रको निर्मानाधिन घरमा ल्याएर राखेको र त्यहाँबाट सडकमा फालेर दुर्घटनामा मृत्यु भएको भनि प्रहरीलाई खबर गरेको सुरेशले बताए। दिपेन्द्रको निर्मानाधिन घरमा रामशंकरको रगतले लतपत मोफलर फेला परेको उनले बताए। उनको घरको कोठादेखि आँगनसम्म रगतका छिटाहरु प्रहरीले फेला पारेको छ। आँगनमा बगेको रगतको संकेत गोबर र माटोले लिपेर मेट्न खोजीएको देखिन्छ,अनुसन्धानमा खटिएको एक प्रहरीले भने,‘क्राइम सिन’बाट कर्तब्य गरी मारेको आधार भेटिएको छ। यसलाई थप पुष्टि गर्ने आधार र प्रमाण जुटाउँदै छौं, उनले भने।’

बौरियो कि बर्बराउँछिन्

बरियारपट्टिभ–१ नरगीकी चन्द्रिकादेवी यादव ओछ्यान परेको दुई दिन नाघ्यो। आफन्तले पिलाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्। बेलाबेला होस खुल्नेबित्तिकै उनी ‘प्रियान्सुको पापा (रामशंकर यादव) लाई ल्याइदिनू भन्दै चिच्याउँछिन्, एक छिनपछि मूर्छा परिहाल्छिन्।

हुलाकी राजमार्ग अन्तर्गत नरगी चोकदेखि १ किलोमिटर उत्तरमा बाहिर प्लास्टर हुन बाँकी पक्की घर तीन दिनदेखि शोकमग्न छ। आम निर्वाचनको मतपरिणाम घोषणा भएको भोलिप्ट परिचितबाट रामशंकरको हत्यापछि दुई नाबालकसहित परिवारका सदस्य समस्यामा परेका छन्। रामशंकरकै भरमा परिवारको खर्चपर्च चल्दै आएको थियो।

चन्द्रिका र रामशंकर पाँच वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए। राउको पछाडि र अनुहारमा प्रहार गरी गाउँमै उनले प्राण त्यागे। सडकमा मारेर फालिएको खबर सुनेपछि चन्द्रिका तीन वर्षे छोरा प्रियान्सुर र पाँच वर्षीया छोरी डेजीलाई ओछ्यानमै छाडेर नगरी चोकतर्फ दौडिन्। चोकबाट पाँच सय मिटर दक्षिण पुग्दा चारैतिर भिड थियो। भिड छिचोल्दै बीचमा पुग्दा सडकमा ढलेका व्यक्ति आफ्नै पति ‘रामशंकर’ भएको थाहा पाइन्। त्यसपछि चन्द्रिका त्यहीँ बेहोस भइन्।

उनलाई देबर सुरेश र आफन्तले सम्हालेर घर पुर्याइदिए। मू्िर्छत उनलाई घरमै उपचार गरियो। प्रहरीले गाडिमा राखेर रामशंकरलाई लहान अस्पताल पुर्याए। यस अस्पतालमा विस्तृत पोष्टमार्टम संभव नहुने भएपछि विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। छोराको मृत्युपछि बाबु शानदेव यादव र आमा उम्दादेवी यादव विक्षिप्त भएका छन्। अझै आमाबाबु शोकले विह्वल छन्।

यादव निवास पुग्दा आफन्त र छिमेकका महिला ओछ्यान परेकी चन्द्रिका र उम्दादेवीको शरीरमा मलम लगाइरहेका थिए। होस खुलेपछि चन्द्रिकाले आँखा खोल्दै रामशंकरलाई खोजिन्। फेरि चिच्याएर मूर्छा परिन्। उम्दा पनि छोरा खोज्दै चिच्याएर परिन्।

उनीहरुको चिच्याहटले यादव निवास पुगेका सबैका आँखामा आँसु देखिन्थ्यो। दुई नाबालक डेजी र प्रियान्सुको निश्चल आँखाले पापा (बाबु) खोजिरहेको थियो।

मृतक रामशंकरका कान्छा भाई सुलिन यादव बिलौना गर्दै थिए,‘वृद्ध आमाबुबा, सहारा गुमाएकी भाउजु र उनका लालाबालालाई अब कसरी सम्हाल्ने होला ?’ भाउजु चन्द्रिका घटना भएको दिनदेखि नै बेहोस भएको उनले जानकारी दिए।

यादव परिवारको एउटै माग छ ‘हाम्रो परिवारको सहारा खोस्नेलाई हदैसम्मको सजाय होस्।साभार नागरिक



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१३ मंसिर २०७९, मंगलवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१३ मंसिर २०७९, मंगलवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१३ मंसिर २०७९, मंगलवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१३ मंसिर २०७९, मंगलवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१३ मंसिर २०७९, मंगलवार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१३ मंसिर २०७९, मंगलवार
Next Post
बरियारपट्टीमा सालनाल सहित शिशु फेला

बरियारपट्टीमा सालनाल सहित शिशु फेला

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी