बरियारपट्टी।कृषिमन्त्रीलाई पराजित गर्दै संजय बने विजेता
। जनमत पार्टीले सिरहा जिल्लामा अर्को जित हासिल गरेको छ । जनमत पार्टीका सचिव संजय कुमार यादव
१२ हजार १७१ मत प्राप्त गरि विजयी भएको छ ।
निकटतम प्रतिद्वन्द्वी जसपा केन्द्रिय कोषाध्यक्ष एंव मधेश प्रदेशका कृषि सहकारी मन्त्री विजयी कुमार यादवले ११ हजार ५२७ मत पाएका छन् । यस्तै माओवादी केन्द्रका जिवछ कुमार यादवले १०हजार ६५६ मत पाए ।
यस अघि जनमत पार्टीका सिरहा क्षेत्र ४(क) मा त्रिभुवन साह विजयी भएका थिए । अहिलेसम्म देशभर जनमत पार्टीले प्रदेश सभामा ७ सिटमा जितेको छ ।