मुकेश कुमार यादव बरियारपट्टी ।जनता समाजवादी पार्टी वाट निर्वाचित तथा बरियारपट्टी गाउँ पालिका अध्यक्ष सन्तोष कुमार महतोले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लडन पार्टीलाई कुनै आवश्यकता नरहेको बताउनु भएको छ ।जनता समाजवादी पार्टी नेपालको बरियारपट्टी गाउँ पालिका द्वारा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष महतोले विना कुनै गठबन्धनको सबै क्षेत्रमा चुनाव लडन जसपा सक्षम रहेको उल्लेख गर्नु भयो । तर अहिले बजारमा आएको हल्ला जस्तो गठबन्धनमा सिटको बाँडफाँडमा पार्टीको कुनै सहमति नभएको स्पष्ट समेत पार्नु भयो ।
उहाँले भन्नु भयो,‘ गठबन्धनमा अहिले सम्म कुनै सहमति भएको छैन, हल्लाको पछाडी नलागौ । ’
जनता समाजवादी पार्टीको बरियारपट्टी गाउँ पालिका अध्यक्ष बद्री नारायण यादवले भने जनता समाजवादी पार्टी समाजवादको सच्चा सिपाही रहेको उल्लेख गर्दै अध्यक्ष यादवले काँग्रेस कम्युनिष्टहरुले समाजवादको कुरा गरे पनि उनिहरुले नक्कली समाजवादमा मात्र रुम्मलिएको आरोप लगाउनु भयो । कार्यक्रममा जनकपुरको हेल्लोमिथला संस्था द्वारा मैथिली लोक नित्य पनि प्रस्तुत गरेको थियो।उक्त कार्यक्रममा हजारौंको संख्यामा नेता,कार्यकर्ता,स्थानीय बासिन्दा,उल्लेखनीय उपस्थिति थिए ।