बरियारपट्टी।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि उनको चौतर्फी अलोचना भएको छ।
राष्ट्रपतिको कदम असंवैधानिक र गैरजिम्मेवार भएको भन्दै जनता समाजवादी पाटीको दलित मुक्तिमोर्चा संघको जिल्ला अध्यक्ष राम अपतार पासमानको नेतुरुतमा उनको पुत्ला दहन गरेको छ।
संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेकाे विधेयक समयसीमाभित्र प्रमाणीकरण गर्न अस्वीकार गरेपछि संवैधानिक अन्याेल सिर्जना भएको छ।
सत्तारूढ दलहरूले राष्ट्रपतिको कदम गैरसंवैधानिक, संसद्को घोर अपमान र अवमूल्यन भएको निष्कर्ष निकालेका छन्।