मुकेश कुमार यादव बरियारपट्टी ।जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारदाले बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको निर्णय फिर्ता नगरे सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ । । ब्याजदर वृद्धिले लागत बढ्ने भएकाले उद्योग व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएका कारण ब्याजदर घटाउनुको विकल्प छैन भन्ने जिकिर गरे ।
चालु पुँजी कर्जा मार्गदर्शन २०७९ मा राखिएका प्रावधान सच्याउन अध्यक्ष शारदाले केन्द्रीय बैंकसँग माग समेत गरेका छन् ।
विगत दुई वर्षदेखि बैंकको कर्जा ब्याज दर निरन्तर बढ्दै साविकभन्दा दोब्बर भएको छ । मुद्दति तथा बचतको ब्याज दर बढाइएको निहुँमा ब्याज अझै पनि अनियन्त्रित रूपमा बढेकै छ । यसलाई नियन्त्रणमा ल्याई सिङ्गल डिजिटमा झार्नुपर्ने आवश्यक देखिन्छ । गैरब्याज आम्दानीको मामिलामा समेत प्रायः वाणिज्य बैंकहरूले विगत छ महिनाभित्र आफ्ना दरहरू मोटामोटी दोब्बर नै गरेका छन् । यसलाई साविक दरमै झार्नुपर्ने आवश्यक देखिन्छ । अन्यथा यसको नकारात्मक असर समग्र व्यापारमा पर्नुको साथसाथै आमउपभोक्ताको भुक्तानी क्षमतासमेत पर्ने छ ।
अर्थतन्त्रको अहिलेको अवस्थालाई ध्यानमा राख्दै सावा ब्याज भुक्तानी गर्ने समयावधि थपिनु पर्छ । त्यसैगरी लगातार ती वर्षसम्म घाटा व्यहोर्दै आएका उद्योग तथा प्रतिष्ठानको कर्जा सुविधा हतारो गरेर कटौती गर्नु हुँदैन । अन्यथा यसको मार समग्र व्यापार लागतमा पर्नुको साथसाथै थुप्रै व्यावसायी असफल हुने अवस्थामा आउने छ ।वाणिज्य बैंकहरूद्वारा नियमविपरित बढाइएको प्रिमियम ब्याजदर सम्बन्धित ऋणीलाई नै फिर्ता गर्न सम्बन्धित बैंकहरूलाई नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारदाले स्वागत समेत गरेको छ ।