महाेत्तरी , सबिता यादव
अनि सबै निकायमा एकतिहाई महिला सहभागिताको सुनिश्चिततामा सिमित किन होला ? ५०%, ५०% मा किन न जाने ।
यो महिला अधिकारको कुरा गर्नेहरुका भाषण सुन्दा धेरै उपलब्धि भये जस्तो सूनिन्छ तर जून देश मा अझ सम्म महिलाको काम को मुल्यांकन छैन, महिलाको आफ्नै निर्णय छैन, यसको अलावा राजनीतिक हिंसाबाट पनि नराम्रो गरि सिकार हुने गरेका यथार्त घटनाहरु देख्दै आइरहेकि नै छु ।
हामीले काम गरेको अनुभवमा जो बोल्न सक्दैन, खुलेर प्रतिकार गर्न सक्दैन्न त्यसता महिला दिदिबहिनीहरु बढि प्रभावित हुन पुगेकि छीन, कारण चाहिँ राजनीतिकर्मी महिलाहरु लाई राजनीतिक दवाव पनि हुन भन्ने महशुस गरेकि छु तर यस्ता खाले विभेदको अन्त्य गर्नका लागि महिलाहरु लाई आफै निडर र सहासी हुनुपर्छ । यदपी महिला अधिकारको कुरा गर्दा, हामी सबै खालका विभेद अन्त्य गर्दै लैङ्िगक समानता प्राप्ति को लक्ष्यमा पुग्नुपर्छ । महिला सम्बन्धित बिभेदकारी कानुन खारेज, महिला हिंसा को अन्त्य सम्बन्धि कानुन निर्माण,राजनीतिमा सक्षम र योग्य महिलाहरु लाई पार्टीले प्रत्यक्ष निर्वाचनमा टिकट दिएर चुनाव मा भाग लिन सक्ने बतावरण बनाई दिनु पर्छ र अवसर प्रदान गर्नु पर्छ अनी मात्र समानता प्राप्ति को लक्ष्यमा हामी पुग्छौ ।
महिलाहरुले पनि अगाडी आएर शक्तीशाली र पहुँचवाला को लागि गरिरहेका काम गर्ने सिस्टम विरुद्ध अवाज उठाउनु पर्छ । यदी अहीले हामी यसरी नै चुप बसे भने यो संस्थागत हुदै जान्छ र हाम्रो भावी पुस्तालाई पनि यस्तै अन्याय, अत्याचार र बिभेद सहेर बस्नु पर्छ । यस्ता खाले बिभेदको अन्त्य जडै बाट हुनु आवस्यक देखिन्छ । महिलाहरुका लागि हक अधिकारका कुरा कागज मा मात्र सिमित नभएर व्यवहार मा लागू हुनुपर्छ । तस्अर्थ सबै पार्टीका अध्यक्ष लगाएत शिर्ष नेताहरुका ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ ।
कुनै पनि पार्टीले महिला नेतृहरु लाई केन्दमा, प्रदेशमा र जिल्लामा महिला र पुरुष दुबैको सहभागिता देखाउनका निम्ति मात्र प्रयोग गरिरहेका छन् भने त्यो महिला हिंसा हो र उक्त पार्टीहरुले महिलाहरु लाई टिकट दिन बाट बन्चित राखिरहेका छन् र समानुपातिक सांसदमा पनि आफ्नो श्रीमती , बहिनी, बुहारी,नातागोता, पैसा वलालाई र पहुच वलालाई मात्र दिनु राजनीतिमा सकृय महिलाहरु प्रति बिभेद गरेको देखिन्छ र यो पनि महिला हिंसा नै हो ।
जुझारु,क्षमतावान,संघर्षशील र आंदोलनकारी हरेक महिलाको एेतिहासिक पृष्ठभुमि छ,संगठित र एकताबद्ध भई पार्टीको हरेक गतिविधिमा सकृय भुमिका निर्वाह गर्दै आईरहेकि छिन् । जुन महिलाहरु समाजका हितका लागि समर्पित भावनाले काम गर्छिन र जसको समाजमा आफ्नै एउटा व्यक्तित्व छ तर ती महिलाहरु लाई पार्टीले अवसर बाट बन्चित राखेर उचित मुल्याकंन नगरी विभेद गरेको प्रष्ट देखिन्छ । महिलाहरु योग्य, सक्षम र आर्थिक हिसाबले चुनावमा खर्च गर्नका लागि तयार भए पनि महिलाहरु लाई पार्टीले निर्वाचन मा प्रत्यक्ष उमेदवार बनाउन चाहदैन्न ।
तस्अर्थ यस बीषय तर्फ सबै पार्टी का शिर्ष नेताहरुले अब इमानदारिता देखाउनै पर्छ । आउँदो संघ र प्रदेशको निर्वाचममा महिलाहरु लाई प्रत्यक्ष र समानुपातिक उमेदवार बनाई समानता र अधिकार प्राप्तिका निमित्त महिलाहरुमा उर्जा प्रदान गरौं । महीलाहरुका लागि हक अधिकारका कुरा कागजमा मात्र सिमित नभएर व्यवहारमा लागू हुनुपर्छ । अनि मात्र समानता प्राप्ति को लक्ष्यमा हामी पुग्छौ ।
नोट:- मलाई थाहा छ कि कुनै पनि परिवर्तनका लागि अवाज उठाउनेहरु लाई धेरै विरोध को सामना गर्नु नै पर्छ र धेरै त्याग, तपस्या, बलिदान दिनु नै पर्छ र धेरै ठाँउमा उसको आफ्नै सहकर्मी साथीहरुले उसलाई पछाडि पार्ने प्रयासमा तत्पर रहन्छ्न तर कसै न कसैलाई त अगाडी आएर अवाज उठाउनै पर्छ ।