मुकेश यादव बरियारपट्टी।सिरहाको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तराईमा मनाइने जितिया पर्वको अवसरमा स्वदेश विदेशमा रहनुभएको नेपाली महिलाहरुले पारिवारिक सुख, खुशीयाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक पर्व जितियाको सुखद् अवसरमा जितिया पर्व मनाउन हुने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति एवम् समृद्धि कायम होस् भनी भने वर्तालुहरुलाई शुभकामना दिएका छन ।
पर्वबाट समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी प्रजिअ कवारीले कामना गरेका छन् ।
नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मधेशी तथा थारु समुदायका महिलाहरूले जितीयालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण पर्व हो ।
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।