मुकेश कुमार यादव बरियारपट्टी।मधेस प्रदेशका सिरहाको बरियारपट्टी गाउँ पालिका वडा नम्बर १ आधारभूत विद्यालय कचनारीमा बल्ल दिवा खाजा संचालन भएको छ।भदौको दोस्रो हप्ता बाट दिवा खाजा संचालन हुदा विद्यार्थीहरु खुशीभएका छन। विद्यालयमा आन्तरिक विवाद र गलत राजनैतिकको हाविका कारण विद्यार्थीहरु दिवा खाजा वाट यति दिन सम्म बन्चित भएको जेष्ठ नागरिक सुनिता यादवले वताए ।प्रधानाध्यापक रामसुफल यादवले भने म आउदा विद्यालयमा पठनपाठनको आधारभुत समगृह अभाव थियोे तर अब सुधार अवस्थामा छ।


आर्थिक विपन्नताले ग्रस्त र खाद्य समस्याबाट गुज्रिरहेका वालवालिकालाई कुपोषणबाट जोगाउँदै शिक्षण संस्थामा आकर्षित गर्ने उद्धेश्यले नेपालमा विद्यार्थीलाई दिवा खाजा कार्यक्रम वि.स. २०२४ सालमा सर्वप्रथम ३७ वटा जिल्लाहरुमा लागु भएको लामो अवधि पश्चात वि.स. २०६५ सालमा अरु १९ वटा जिल्लाहरुमा उक्त कार्यक्रम बिस्तार भए संगै २०७५ सालदेखि थप १२ वटा जिल्लाहरुमा दिवा खाजा कार्यक्रम लागु गरियो ।

सम्वन्धित समाचार :