बरियारपट्टी।गोलबजार उद्योग व्यापार संघको अध्यक्ष भरत अग्रवालले ईन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्राचीन कालमा खास कुनै घटना विशेषको स्मरणका लागि मनाउन थालिएको यो पर्व अहिलेसम्म पनि चलनचल्तीमा छ । “पौराणिककालका खास घटनामा आधारित भएर सुरु भएका यस्ता चाडपर्वहरु कालान्तरसम्म जीवितै हुनु खुशीको कुरा हो,”अध्यक्ष अग्रवालको शुभकामना सन्देशमा भने, “नेपाल १२५ जाति र १२३ भाषा बोलिने देश हो ।
यहाँ सबै जातिका आफ्नै प्रकारका संस्कृति र चाडपर्व छन् । ती सबै देशमा साँस्कृतिक सम्पत्ति हुन् ।सरकार यस्ता साँस्कृति चाडपर्वहरुको संरक्षण र सम्बर्द्धनमा सकारात्मक छ । “किन कि मौलिक विशेषता भएका यस्ता पर्वहरु विदेशी पर्यटक आकर्षणका लागि महत्वपूर्ण सावित हुनसक्छन्,” उहाँले भन्नुभएको छ, “त्यस कारण हामीले यस प्रकारका चाडपर्वहरुलाई पर्यटनसँग जोडेर पनि हेर्नु उपयुक्त हुन्छ भन्ने मलाइ लाग्दछ ।”