आसन्न निर्वाचनमा प्रदेशसभा क्षेत्र नम्वर २ ‘क’बाट उम्मेदवारी दिने नेकपा माओवादी केन्द्रका यूवा नेता अरबिन्द यादवले घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत यूवा नेता यादवले उम्मेदवारी घोषणा गरेका हुन् । अहिले पार्टीको क्षेत्र, गाउँ र नगर कमिटीहरु नरहेकाले सामाजिक सञ्जालबाटै उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।
यादव विगत लामो समयदेखि माओवादीमा सक्रिय छन् । विद्यार्थी कालदेखि नै माओवादीमा लागेका उनी हरेक निर्वाचनमा माओवादी उम्मेदवारलाई जिताउन भुमिका खेलेका हुन् ।
उनले अगामी निर्वाचनमा सहयोगका लागि क्षेत्रका सम्पूर्ण मतदातासँग अपिल पनि गरेका छन् ।