दिनेश्वर गुप्ता
लहान २६ साउन । फ्रेन्डस मोडेल अस्पताल प्रा.लि.लहान अवैद्य रुपमा संचालन रहेको उदाहरण मात्रै हो । सिरहाको अधिकाँश अस्पतालको नविकरण भएको छैन । अर्कातीर क्लिनिक र पोली क्लिनिकले समेत अन्धाधुन पैसा कमाउँन अवैद्य रुपमा काम गरिरहेको खुलासा भएको छ ।


सोमबार बिहान बिना भिडियो एक्सरे रिपोर्ट बिनाको फ्रेन्डस अस्पतालका डाक्टर बिरेन्द्रकुमार यादवले बिरामीको आँपरेशन गर्दा शिशुकोे निधन भएको छ । भिडियो एक्सरे गर्नको लागि रेडियोलोजिस्ट अनिवार्य तोकिएको छ । तर, लहानमा अधिकाँश अस्पताल, क्लिनिक, पोली क्लिनिकमा रेडियोलोजिस्ट छैन । अवैद्य रुपमा भिडियो एक्सरे गरी विरामीलाई थप पिडा दिँदै आएको एक स्वास्थ्यकर्मी बताउँछन् ।
डा.विरेन्द्र यादवले संचालन गरेको एडभान्स पोलीक्लिनिकमा कथित रेडियोलोजिस्टको नाममा भिडियो एक्सरे गरेर अवैद्य गर्भपतनको बढावा दिँदै आएको छ । लहानमा डा.उमेश साहले सँचालन गरेको हरिकल्याण, देवराज क्लिनिक, जितेन्द्र साहले संचालन गर्दै आएको रामजानकी अल्ट्रा साउन्ड, डा.मिश्रीलाल साह, डा. विनय यादवले सँचालन गरेको थाना पछाडिको होमियोपैथिक तथा अल्ट्रा साउन्ड भिडियो एक्सरे क्लिनिकमा कथित रेडियोलोजिस्टको आधारमा भिडियो एक्सरे गर्दै आएको छ । उनीहरुले विरामीलाई आवश्यक रिर्पोट नदिई कारोबार गर्दै आएको छ । रिर्पोट माग गर्दा नक्कली हस्ताक्षरमा कथित रेडियोलोजिस्टको आधारमा दिने गरेको छ । त्यस स्वास्थ्य प्रतिष्ठानमा अधिकाँश अवैद्य गर्भपतनको लागि आउँने विरामीको एक्सरे गर्दै आएको छ । एक्सरेको दररेट एकरुपता नरहेको स्रोतको दावी छ ।
महिला पुरुष छुट्याउँने विभेद जस्ता काम भिडियो एक्सरेले गर्दै आएको छ । योसँगै लहानमा भ्रुणहत्याको सँख्या बढ्दै गएको छ ।
लहानको अधिकाँश अस्पतालमा चिकित्सको लापरवाहीले पटक पटक बच्चाको मृत्यु हुने गरेको छ । यसवारे लहान नगरपालिकाका स्वास्थ्य प्रमुख जगदीश मण्डलले ‘निगरानीको लागि टोली गठन गर्नुपर्छ ।’‘नगरपालिका अन्तरगत क्लिनिक मात्रै पर्छ ।’ ‘तर, स्वास्थ्य सरोकार सबै अधिकार हो ।’‘निगरानी बढाउँनुपर्छ ।’‘ यसो त दूई वटाले मात्रै भिडियो एक्सरेको इजाजत पाएको छ ।’
उता, लहान नगरपालिकाका मेयर महेश चौधरीले ‘स्वास्थ्य व्यवस्थापन सबैको अधिकार हो ।’‘जिल्लाको समन्वयमा अनुगमन गरी अवैद्य कारोवारमा लागेका जोसुकैलाई कारवाहीमा ल्याउँनुपर्छ ।’ लहानमा भिडियो एक्सरेलगायत गर्भपतनको अवैद्य कारोवार गति लिएको छ ।

सम्वन्धित समाचार :