Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

मधेस प्रदेशमा तस्करी राज

Sima Post Sima Post
२५ श्रावण २०७९, बुधबार
मधेस प्रदेशमा तस्करी राज
32
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम।बुधबार राती साढे ८ बजे माड्र भन्सार नाका क्षेत्रबाट भन्सार छलीको कपडाको बोराले भरिएको बिआर ०१ बिएन ९३५७ नम्बरको कार सिरहा–चोहर्वा सडक खण्ड हुँदै चोहर्वातर्फ गइरहेको बेला साइलक यात्रीलाई ठक्कर दियो।

साइकल यात्री सिरहा नगरपालिका २२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छोडेर चालक फरार भए। दुर्घटनाको खबर पाएर पुगेको विष्णुपुर प्रहरी चौकीले कारभित्र भेटाएका तीन वटा बोरा खेलेर हेर्दा कपडा थियो। कपडा र कारसहित जिल्ला प्रहरी कार्यालय सिरहा ल्याएर मूल्यांकन प्रतिवेदनसहित प्रहरीले बिहीबार जिल्ला भन्सार कार्यालय माड्रमा बुझायो।

तस्करीका सामानसहित माडर नाका क्षेत्रबाट भित्रिएको उक्त कारको प्रवेश लागत माडर भन्सारमा छैन्। गत्त आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको आधिकारिक रेकर्ड नभएको कार्यालयले जनाएको छ। यस कारको ग्राउण्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाका बाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेकाे बोर्डर आउटपोष्ट माड्रले जनाएको छ।

प्रहरी स्रोतकाअनुसार तस्करीका सामान बोक्ने कार विष्णुपुर गाउँपालिकाका व्यक्तिले पारिबाट तस्करीका सामान ढुवानीमा प्रयोग गर्दै आएका थिए। दुर्घटनामा नपरेको भए यो कार र तस्करीका सामान पक्राउ नै पर्दैन्थ्यो। प्रहरीले बरामद कपडाको मूल्य ७६ हजार ६ सय र कारको मूल्यांकन १५ लाख गरी १५ लाख रुपैयाँसहितको मूल्यांकन प्रतिवेदन भन्सारलाई बुझाएको छ। बाहिर र भित्रबाट कवाडजस्तै देखिने उक्त कार र कपडा दुबैको मूल्यांकन अत्याधिक राखेर प्रहरीले बुझाएको भन्सारका एक कर्मचारीले बताए।

प्रहरीले अत्याधिक मूल्यांकन गरेर सामान भन्सार बुझाएपनि गाडिधनी र तस्करको खोजीतर्फ गम्भीर देखिदैन। सिरहाका प्रहरी उपरिक्षक अर्जुन तिम्लिसिनाले थोरै सामान बरामद भएकाले धेरै खोतल्नुपर्ने आवश्यकता नगरेको बताए। सिरहाका प्रहरी प्रवक्त डिएसपी सुभाष बुढाथोकीले भने, ‘भन्सार छलीका सामानसहित बरामद भारतीय कार कहाँबाट भित्रियो थहा भएन। बरामद सामान भन्सार बुझाइसक्यौं।’
असार २९ गते दिउँसो नेपालबाट मदिराले भरिएको बोरा लोड गरी भारतको जयनगर तर्फ आइरहेको मोटरसाइकका चालकले कमला पुल नजिक जयनगर पुलिसको गाडि देखेपछि मोटरसाइकल पुलमै लडाएर भागे। प्रहरी पुगेर हेर्दा चार वटा मोटरसाइकलमा लोड गरिएको १२ वटा बोरा मदिराका बोतलले भरिएका थिए। जयनगर अनुमंडल पुलिस पदाधिकारी विपल्व कुमार नेतृत्वको टोलीले मोटरसाइकल र मदिराले भरिएको बोरा नियन्त्रणमा लिएका थिए।

पुलिस अनुसन्धाबाट उक्त मदिरा नेपालबाट धनुषा र सिरहाको सीमानाका हुँदै जयनगरसम्म पुगेको खुलेको छ। साउन १० गते महोत्तरीको मनरासिस्वा नगरपालिका ५ स्थित दशगजामा भारत तस्करीका लागि भन्डारण गरी राखेको विभिन्न ब्राण्डका मदिरा बरामद गर्‍यो। प्रहरीले बरामद मदिराको १८ लाख ५० हजार २३० रुपैयाँ मूल्य कायम गरी आन्तरिक राजश्व कार्यालय धनुषामा बुझायो।

असार २८ गते बिहान धनुषाको नगराइन नगरपालिका–४ स्थित जनकपुर–तुलसियाही सडक हुँदै भारततर्फ जान लागेको ज १ च १२६८ नम्बरको पिकअप गाडि मदिराका कार्टुनले भरिएको थियो। गस्तीमा रहेको प्रहरीले गाडि रोकी चेक जाँच गर्दा दिलवाले नामक रक्सीको तीन सय कार्टुन थियो।

गाडि चालक धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का २३ वर्षीय नुरे आलम शेषसँग भएको अनुषका टेड्रसको बिलमा अर्कै गाडिको नम्बर उल्लेख थियो (ना २ च ३३१९)। प्रहरीले चालक आलमसँग सोधपुछ गर्दा गाडिमा लोड गरिएको मदिरा भारत लग्न लागेको खुलाएको धनुषा प्रहरीले बताए। त्यसपछि प्रहरीले आलमसहित गाडि र मदिरा नियन्त्रणमा लिएको थियो।
जयनगर पुलिस अधिकारीका अनुसार नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने थुर्पै मानिस र सवारी साधन नियन्त्रणमा छ। धेरैजना अझै थुनामै छन्। तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिने त परको कुरा, झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले मदिरा निषेधित गरेपछि नेपालबाट सीमावर्ती भारतीय गाउँसहरमा तस्करी हुँदै आएको छ।

भारतसँग सीमा जोडिएका महोत्तरी, धनुषा, सर्लाही, रौतहट बारा, पर्सा, सप्तरी र सिरहाका विभिन्न नाकाबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो संगठित रुपमा फैलिँदै गएको छ। सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो। मदिरा तस्करी पैदल टाउँकोमा मदिराको बोरा बोकेर र मोटरसाइकलको प्रयोग गरेर भैरहेको पाइएको छ।

मदिरा तस्करलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बल र भारतीय पुलिससँग त्रास हुन्छ। त्यसैले सीमावारि बसेर मदिरा तस्कर पारिका एसएसबी र पुलिस नियाल्छन्, मौका मिल्दा सीमा कटाइहाल्छन्। कतिपय नाका क्षेत्रमा मदिरा तस्कर भारतीय सीमा सुरक्षा बलसँग पनि नेपाली सशस्त्र प्रहरीलाई जस्तै लाइन मिलाएको सीमाक्षेत्रका बासिन्दा बताउँछन्।

सीमानाका क्षेत्रका बालकदेखि युवकसम्मले भरिया बनेर मदिरा सीमापारि पुर्‍याउँदै आएको त्यस क्षेत्रका स्थानीय बताउँछन्। सीमा क्षेत्रबाट मदिरा तस्करी मौलाएको छ। तस्करीबारे मुख खोल्नेलाई ज्यानकै जोखिम छ। त्यसो गर्नेलाई पहिला पैसाले चुप लगाउन खोजिन्छ, नमाने धम्काएर चुप लागाइन्छ।

मदिरा तस्करीका लागि सप्तरीको हनुमाननगर कंकालिनी, कुनौली, छिन्नमस्ता बरसाईन नाका उर्वर बनेको छ। हुनमाननगरबाट कोसी नदी हुँदै डुंगामा मदिराका बोरा लोड गरेर भारततर्फ पुर्‍याउन तस्करहरुको संगठित सञ्जाल नै परिचालित छन्। मदिरा तस्करसँग तालमेल नमिल्दा प्रहरी र सशस्त्र प्रहरीले बेलाबेला बेवारिसे भनिएको मदिराका केहि बोरा बरामद गरेपनि तस्करको संगठित सञ्जालसम्म पुग्न सकेको छैन।
भारतबाट लत्ता कपडालगायतका सामान तस्करीका लागि पनि मधेस प्रदेशका सीमानाका सुरक्षित मानिन्छ। भन्सार अधिकारीसँगको सेटिङमा भारतबाट भन्सार छलीका सामान बोकेको ट्रक नै भित्रिने नाकाको वीरगन्ज। असार २१ गते वीरगञ्ज महानगरपालिका ६ लोहारपट्टी सडकखण्डबाट प्रहरीले ना ६ ख २३४४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर जाँच गर्दा विल बिजक विनाका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू फेला पर्‍यो।

सामानसहित उक्त ट्रकलाई ६८ लाख ३१ ह्जार ४१९ रुपैयाँ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो। पछिल्लो समय पर्सामा तस्करी फस्टाउँदो छ। पर्साको अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढ्दो छ। असार २९ गते भारतीय सहर रक्सौलको भेलाही सिमानाको कुकुहियाँ गाउँ हुँदै ल्याइरहेको तस्करीका सामान रोक्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग तस्करको झडप नै भयो।

तस्कर समूहले एउटा पिकअप गाडी, ५ वटा ठेला र ४ वटा साइकलमा कपडा लोड गरी भेलाही नाका हुँदै तस्करीका सामान वारि ल्याउने क्रममा एसएसबीका जवानले नेपाल–भारत सिमानाभन्दा वरै रोकेका थिए। ३ जना तस्कर, २८ पोका कपडा, ठेला र बीआर ०६ जी ९७१९ नम्बरको पिकअप गाडीलाई एसएसबीले नियन्त्रणमा लिएपछि तस्करहरूले एसएसबीमाथि आक्रमण गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन एसएसबीले हवाई फाइरिङसमेत गर्नु परेको थियो।
झडपमा एसएसबीका ३ जना जवान समेत घाइते भएका थिए। रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्सलगायतका सामान भित्रिने गरेको प्रमाण हो यो। वारिका सुरक्षा अधिकारीसँग सेटिङ मिलाएर हुने तस्करीलाई भारतीय सीमा सुरक्षा बलले रोक्न खोज्दा तस्कर जाइलाग्छन्। विभिन्न सीमानाकाबाट भित्रिने भन्सार राजश्व छलीका कपडालगायतका सामान वीरगन्जको गोदाममा भण्डारण गरी कारेबारीले देशको विभिन्न सहरमा पुर्‍याउने गरेका छन्।

घुमुवामार्फत असुली

मधेस प्रदेशका जिल्लाहरुमा कार्यरत रहँदा प्रहरी आचरण विपरीत कार्य गरेको आरोपमा थन्काइएका प्रहरीलाई घुमुवा र इन्चार्जको जिम्मेवारी दिइएको छ। सिरहामा जिल्ला प्रहरी कार्यालका घुमुवाको रुपमा वर्षौदेखि उही अनुहार परिचालित छन्। उनीहरु अरुथोक भन्दा पनि तस्करसँग सेटिङ मिलाउने र तस्करका सामान गोदामसम्म पुर्याउने अनुकुल वातावरण मिलाइदिने कार्यमा खटिने गरेको स्थानीयको गुनासो छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालयहरुका प्रमुखले आर्थिक संकलन गराउनको लागि कारवाही खाएका प्रहरीहरुलाई घुमुवा र नाकाको जिम्मा लगाएको गुनासो गरिएको छ। नेपाल प्रहरीका तत्कालिन महानिरीक्षक शैलेश थापा क्षेत्रीले घुमुवाको रुपमा परिचालन भई तस्करसँग रकम असुली गरेको आरोपमा कारबाही गरी बाराबाट धनुषाको प्रहरी गणमा खटाइएका प्रहरी हवल्दार संजय जैसवाललाई अहिले वारा र पर्सा जिल्लामा सादा पोकाकका प्रहरी ‘घुमुवा’ को रुपमा खटाइएको छ।
उनीमाथि बारा र पार्सामा तस्करीको लाइन खोलेर रकम असुल्ने कार्यमा खटिएको आरोप छ। २०७८ चैत्र ११ गते बाराबाट कारवाही गरेर जैसवाललाई दंगा प्रहरी गण ढल्केबर पठाइएको थियो । डिआईजी मसउद आलम खाँ मधेस प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि जैसवाललाई पुनः घुमुवाको रुपमा परिचालन गरेको बताइएको छ।

पर्सा जिल्लामा घुमुवा हुँदा तस्करसँग रकम असुली गरेको आरोपमा कारबाही गरी सिराहा पठाइएका प्रहरी साहायक निरीक्षक श्याम साह सोनार अहिले पुनःपर्सा पठाइएका छन्। हालको दरबन्दी सप्तरी भए पनि सोनारलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत देखाएर पर्सामा खटाइएको छ। उनी वीरजन्ज क्षेत्रमा तस्कर र उद्योगीहरुबाट रकम असुल्ने कार्यमा संलग्न रहेको वीरगन्जका व्यवसायीहरुको गुनासो छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले पहिला कारवाही गरेर तानिएका सादा पोशाकमा खटिएका प्रहरीहरु पुनः सोही जिम्मेवारी र ठाउँमा खटाइनु नपर्ने हो। कारवाही खेपेका र बदनाम छवी भएका प्रहरीहरुलाई नाका र सादा पोशाकमा (घुमुवा) खटाइएको भेटिए प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने प्रवक्ता राईले बताए।सभार नागरिक



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२५ श्रावण २०७९, बुधबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२५ श्रावण २०७९, बुधबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२५ श्रावण २०७९, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२५ श्रावण २०७९, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२५ श्रावण २०७९, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२५ श्रावण २०७९, बुधबार
Next Post
फ्रेन्डस उदाहरण मात्रै लहानमा अवैद्य भिडियो एक्सरे — गर्भपतन

फ्रेन्डस उदाहरण मात्रै लहानमा अवैद्य भिडियो एक्सरे — गर्भपतन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी