बरियारपट्टी ।सिरहाको बरियारपट्टी गाउँपालिकामा करार कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका छन।
बरियारपट्टी गाउँपालिकामा करारमा कार्यरत रहेको ७२ जना कर्मचारी धर्नामा बसेका छन् ।कुनै जानकारी नदिई म्याद थप नगरेको करारका कर्मचारीहरुको आरोप छन् । म्याद थपको माँग सहित प्रमुख प्रशासकिय अधिकृतको कार्यालय अगाडी छैठो तहको अधिकृत सम्भु चौधरी,गाउँ पालिका अध्यक्ष सन्तोष कुमार महतोलाई ज्ञापनपत्र बुझाई धर्नामा बसेका छन्।ज्ञापनपत्रमा गाउँपालिकाको उपाध्यक्ष ममता कुमारी यादव र प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई समेत बोदार्थ गरेका छन ।
गाउँपालिकामा करार कर्मचारीहरुले सात सदस्य संघर्ष समिति बनाए छन । आफ्नो माँग पूरा नभएसम्म दैनिक धर्नाको समय बढाउँदै जाने बताउको छन्।
संघर्ष समितिको कार्यक्रम
१.साउन ६ गते बिहान १० बजे देखि ५ गते सम्म कालो पट्टी बाधी कार्यालयमा धर्नामा बस्ने ।
२.साउन ८ गते १० बजे देखि १ बजे सम्म सम्पुर्ण कामकाज ठप्प गर्ने ।
माग पुरा नभएमा थप संघर्ष गर्ने करार कर्मचारी सरोज यादवले वताए ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले भने करार कर्मचारी हटाएपछि दैनिक सेवाग्राहीको कामकाज प्रभावित हुन्छ ।जब सम्म स्थायी कर्मचारी पालिकामा हुदैन तबसम्म करारको कर्मचारी राखनु पर्छ । म्याद थपको लागि पहल गर्छु ।