बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वस्थ्य नै सबैभन्दा ठुलो धनको बन्ने मुल नाराको साथ सनिवार श्री लक्षण सिंह कृषि सहकारी संस्थाले जनता माध्यमिक विद्यालय प्रविधिक धारको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो।
श्री लक्षण सिंह कृषि सहकारी संस्थाले आयोजना गरिएको शिविरमा बि.एण्ड सी मेडिकल कलेज बिराटनगरका सात जना विशेषज्ञ डाक्टरले स्वास्थ्य परिक्षण गरिरहेका छन।
शिविरमा नाक, कान, घाँटी, छाला ,मुटु रोगतथा यौन रोगका साथै महिलाको पाठेघर सम्बन्धि जाँच गरिने सहकारीको अध्यक्ष अजयकुमार यादवले बताए। शिविरमा इसिजि, औषधी निशुल्क वितरण गरिका छन। कार्यक्रममा अध्यक्ष यादवले भने यस् सहकारी संस्थाले समयसमयमा पालिका बासिन्दाको लागि विभिन्न कार्यक्रम गरि स्थानीय सेवा दिनेछन् । ।एक महिना अगाडि यसै संस्थाले किसानको लागि उन्नत जातको बीउ वितरण गरेको थियो ।