सिरहाको सुखीपुर व्यापार समिति द्वारा नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान कार्यक्रम ।

रंजना कर्ण गोलबजार ।सिरहाको सुखीपुर व्यापार समिति द्वारा स्थानीय तहको नव निर्वाचित जनप्रतिनिधि सम्मान गरेका छन । नगर प्रमुख रामऔतार यादव , उपप्रमुख रेणु देवी,वडा अध्यक्ष र वडा सदस्यमा निर्वाचितलाई सम्मान पत्र , दौसला सहित मायाको चिनोले सम्मान गरेको कार्यक्रमको संयोजक अध्यक्ष शत्रुधन प्रसाद चौधरीले बताए ।

सुखीपुर व्यापार समितिको सभाहलमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नव निर्वाचित नगर प्रमुख रामऔतार यादवले सुखीपुरको सवौग्रिण विकासको लागी पर्ने बताए । गागन नदीमा पुल तथा जिरोमाईल वरियारपटी जाने सडक सुखीपुरमा पुल अत्यन्तै जरुरी भएको बताए । मेयर सुखीपुर वासीको उन्नति र प्रगतिको लागी काम गर्ने वताए । उनले दीघो विकास र जनताको सेवक भएर काम गर्ने प्रतिवद्वाता जनाए ।

आजको कार्यक्रममा विशिस्ट अतिथि उप प्रमुख रेनु देवी साह नगरपालिकाका प्रशासकीय अधिकृत विभिन्न संघसंगठनका प्रमुख राष्ट्रिय बाणिज्य बैंकका प्रमुख , कृषि बिकास बैंक प्रमुख ग्लोबल बैंक प्रमुख शस्त्र प्रहरीका प्रमुख,नेपाल प्रहरी प्रमुख व्यापारी बुद्धिजीवी लगायत विभिन्न क्षेत्रबाट आएका प्रमुखहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्वन्धित समाचार :