मुकेश कुमार यादव बरियारपट्टी।सिरहा जिल्ला प्रशासनले १० वटा कार्यालयमा छड्के अनुगमन गर्दा ५ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीको निर्देशनमा प्र.अ भवेश कुमार झा र हरिकिशोर प्रसाद चन्द्रवंशी सहितको टोलीले शुक्रबार जिल्लाका १० वटा सरकारी कार्यालयको अनुगमन गर्दा झन्डै ५ कर्मचारी अनुपस्थित रहेको भेटिएको हो।

प्र.अ ले जिल्ला समन्वय समिति, मालपोत, नापी, स्वास्थ्य सेवा, हुलाक, पशुसेवा जस्ता कार्यालयमा छड्के अनुगमन गर्दा ठूलो संख्यामा कर्मचारी अनुपस्थित पाइएको बताए।

ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले अनुपस्थित कर्मचारी र कार्यालय प्रमुख समेतलाई तीन दिनभित्र स्पष्टिकरण दिन पत्राचार गरेको छ।

‘अनुपस्थित हुने कार्यालय र ती कार्यालयका प्रमुखलाई लिखित रूपमा स्पष्टिकरण पेश गर्न पत्राचार भइसकेको छ,’ प्रजिअ कवारीले भने, ‘चित्तबुझ्दो स्पष्टिकरण नआए ती कर्मचारीलाई विभागीय कारबाही हुन्छ।’

सम्वन्धित समाचार :