बरियारपट्टी। सिरहाको बरियारपट्टी गाउँपालिकाको उपाध्यक्ष ममता कुमारी यादवले आज पदभार ग्रहण गरेकी छिन् ।
उपाध्यक्षले पदभार ग्रहण गरे पश्चात् पहिलो महत्त्वपूर्ण निर्णय महिलाको पक्षमा लिएकी छिन् । प्राप्त जानकारी अनुसार विपन्न नागरिकका साथै एकल महिला, अत्ति विपन्न महिला, असहाय महिलालगायतले दिने उजुरी दर्ताको शुल्क नलाग्ने भएको छ । साथै महिला हिंसा सम्बन्धि कुनैपनी उजुरी दर्ता गर्दा समेत शुल्क नलाग्ने भएको छ ।
उपाध्यक्षले गरेको निर्णय आउने नगरसभा बाट अनुमाेदन गर्ने भनिएको छ ।