बरियारपट्टी।सिरहाको नवराजपुर गाउँपालिकामा जनता समाजवादी पार्टीको निकट बाबा भनिने शिव उदगार यादवले गाउँपालिका अध्यक्षमा भारी मतले निर्वाचित भएका छन्।भने उपाध्यक्षमा पुनम कुमारी यादव निर्वाचित भएका छन्।
नेपाली काङ्ग्रेसको गढ मानीने नवराजपुर गाउँपालिकामा मधेसवादी दल जसपा निकट गाउँपालिका अध्यक्षका उमेदवार बनेका शिव उदगार यादवले भारी मतले नेपाली काङ्ग्रेस उमेदवार बिश्वमोहन यादव र एमाले निकट उमेदवार रहेका खुशीलाल साह र जनमत पार्टी निकट जिवछ यादव लाई पछार्दै जसपाले भारी मतले निर्वाचित भएका छन्।

बर्शौ बर्ष देखि काङ्ग्रेसले राज गर्दै आएका ठाँउमा जसपाका युवा नेता शिव उदगार यादवले पालिका लाई जसपा मै बनाएका हुन्।उनी मधेस जनबिद्रोह २०६२/२०६३ सालमा लहान बाट राजनीति यात्रा सुरु गरेका उनी हाल नवराजपुर गाउँपालिका लाई जसपा मै बनाएका हुन्।

नेता यादवलाई शिवा भने चिनिने गरेका छन्।उनी २०३७ साल श्रावण २० गतेका दिन बुबा प्रभु यादव र आमा बिन्दी यादवको कोखबाट जन्मिएका नेता यादव मधेसी हक अधिकारको लागी अवाज उठाउदै आएका थिए।

नेता यादव समान्य राजनीति पृष्ठभुमिका ब्यक्ती हुन् उनको बुवा गाउँ घरमा समान्य राजनिती गर्ने गर्थे।नेता यादवको बुवा हिन्दु धर्मावलम्बीको ग्रन्थ मानिने रमायण का निकै सोखिन थिए। साझ र बिहान रमायण लाई पुजा अर्चना गर्ने गर्थे र रमायण कथा सुन्न गाउँका दर्जनौं धार्मिक ब्यक्तीहरुको भिड लाग्ने गर्थे।

नेता यादव बुबाकै गुणमा निखारीएका उनी पुर्ण रूपमा धार्मिक ब्यक्ती हुन्। उनले बिगत १० बर्ष देखि निरन्तर समाज संग होमिएका हुन्। नेता यादव हाल जसपा पार्टीको जिल्ला कमिटी सदस्य समेत रहनु भएका हुन्। उनल निर्वाचित गर्न पुरै गाउँबासी नै लागेका थिए।

सम्वन्धित समाचार :