बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नवटोलिमा श्री श्री १०८ श्री राज देवी मंदिरको प्राङ्गण बाट सनिवार कलश यात्रा निकालिएको छ ।

मन्दिर समितिले स्थानीय चुनावमा भक्तजनको कलश यात्रा सहभागी हुन कुनै समस्या नहोस् भन्ने तयारी स्वरुव कलश यात्रा निकालिएको स्थिानीय रामचन्द्र सर्माले जानकारी दिए। यसै पालिकाको भक्तजन तथा महिलाहरु कलश भर्न नजिकैको त्रिशूला नदिमा गएको र त्यहाँबाट कलसमा जल भरेर कलश यात्रीहरु नबटोलि गाउँको परिकर्मा गरि मन्दिरमा कलश विशर्जन गरेको छ ।

मन्दिरमा कुमारी भोजन

सयौंको संख्यामा कलसमा जल भरेर मन्दिर ल्याएको स्थानीय सुरेन्द्र ठाकुरले बताए । कलश यात्रामा समाजसेवी संतोष कुमार यादव ,सरोज सर्मा,ठोमि यादव ,शिक्षक भोगेन्द्र यादव , रामचन्द्र सर्मा,जोगिन्द्र कामत,उपेन्द्र ठाकुर लगायत स्थानीयबासीहरुको सहभागिता रहेको स्थिानीय रामशिसले जानकारी दिए।
मन्दिरमा बलि प्रदान जेठ २ गते ८ बजे हुने मन्दिरको पुजेगरी पुकार सर्माले बताए।

कलश यात्रामा सहभागीलाई स्थानीय समाजसेवी युबाले फ्रुटीको व्यवस्था गरेको थियो ।

सम्वन्धित समाचार :