Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

लहानमा गठबन्धनको उम्मेदवार मेयरमा महेश र उपमेयर रामचरित्र

Sima Post Sima Post
१४ बैशाख २०७९, बुधबार
लहानमा गठबन्धनको उम्मेदवार मेयरमा महेश र उपमेयर रामचरित्र
32
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter


दिनेश्वर गुप्ता
लहान, १४ बैशाख । लहानलगायत सत्तारुढ गठबन्धनले स्थानीयतहको निर्वाचनमा धेरै कम ठाउँमा तालमेल भएको छ । लहान नगरपालिकामा काँग्रेसको मेयर र जनता समाजवादीको उपमेयरमा तालमेल भएको छ । योसँगै केही वडामा नेकपा माओवादीसँग तालमेल भएको छ ।

अर्कातर्फ नेकपा एकीकृत समाजवादी पार्टीले छुट्टै मेयर उपमेयरको उम्मेदवारी दिएर तालमेल बाहिर छन् । काँग्रेस, जसपा र माओवादीको गठबन्धनमा मेयरमा महेश चौधरी र उपमेयरमा रामचरित्र महतो उम्मेदवारी परेको छ । लहानमा तीन दलले संयुक्तरुपमा प्रचारप्रसारमा खट्न थालेको छ । पार्टीले रामचरित्र महतोलाई अधिकारिक पत्र दिएपछि उपमेयरको उम्मेदवार भएको हो । उता, मधेश प्रदेशका अधिकांश पालिकामा तालमेल हुन सकेन । सत्तारुढ दलहरु आ–आफ्नै तरिकाले चुनावमा होमिएका छन् ।
एक मात्र महानगरपालिका वीरगंजमा सत्तारुढ गठबन्धनबाट मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् ।
वीरगंज महानगरपालिकामै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ । मेयरमा एमालेका विजय सरावगी र उपमेयरमा लोसपाका पुरुषोत्तम झालाई उम्मेदवार बनाइएको छ । यो बाहेक पर्साको अन्य कुनै पालिकामा गठबन्धन भएको छैन ।
जनकपुरधाम उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबीच भएको तालमेल अनुसार जसपाले मेयर र नेपाली कांग्रेसले उपमेयर पाएको छ । उपमेयरमा जसपाबाट निवर्तमान मेयर लालकिशोर साह र उपमेयरमा कांग्रेसका किशोरी साहले उम्मेदबारी दिएका छन् ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ । तालमेल अनुसार नेकपा माओवादी केन्द्रका राजन पौडेलले मेयरमा र नेपाली कांग्रेसकी मेघा शाहीले उपमेयरमा उम्मेदबारी दिएका छन् ।
बाराकै कलैया उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश राय यादवले उम्मेदवारी दिएका छन् । उनी निवर्तमान मेयर पनि हुन् । जसपाबाट प्रमोद गुप्ता उपमेयरमा उम्मेदवारी दिएका छन् ।
सप्तरीको दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । गठबन्धन अनुसार माओवादीका केन्द्रका नेता जयप्रकाश चौधरी मेयरमा तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता शत्रुद्यन साह ‘आजाद’ ले उपमेयरमा उम्मेदवारी दिएका छन् । सप्तरीकै सुरुंगा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ । जसपाले साबिर खानलाई मेयरमा र माओवादीले जनयुद्धका घाइते कम्पनी कमाण्डर शिवकुमार रामलाई उपमेयरमा उम्मेदवारी दिन लगाएको छ ।
धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन बनेको छ । माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र माओवादीकै उपमेयरमा विमला अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
तालमेल अनुसार जसपाले ११ वटा वडा मध्ये ५ वटा वडामा वडाध्यक्ष पाएका छन् । माओवादीले ६ वटा वडाध्यक्षसहित मेयर र उपमेयर पाएको हो ।
सिरहाको लहान नगरपालिकामा मुख्य तीन दलवीच गठबन्धन बनेको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । जसअनुसार नेपाली कांग्रेसबाट प्रमुखमा महेश चौधरी र उपप्रमुखमा जसपाबाट राम चलितर महतो उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै २४ वडामा जसपा–माओवादीबीच तालमेल भएको छ । जस अन्र्तगत जसपाले १४ र माओवादीले १० वडा बाँडफाँट गरेको छ । रौतहटको कटहरियामा नेकपा माओवादी केन्द्र र जसपाबीच तालमेल भएको छ । सर्लाही र महोत्तरीको सबै पालिकामा दलहरु आफ्नै तरिकाले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज गणेश साह मधेश प्रदेशमा केन्द्रको गठबन्धनको नीति न्यून रुपमा लागू भएको बताउँछन् । न्यून लागू भएपनि सफल भएको उनको भनाइ छ । मधेश प्रदेशमा बर्तमान राजनीतिक पार्टीका उम्मेदवारको आकांक्षा आफ्नै बीचमा मित्रवत प्रतिस्पर्धा गर्ने त्यसबाट आउने परिणाम स्वीकार गर्ने पक्षमा देखिएकाले धेरै ठाउँमा गठबन्धन हुन नसकेको उनी बताउँछन् ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१४ बैशाख २०७९, बुधबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१४ बैशाख २०७९, बुधबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१४ बैशाख २०७९, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१४ बैशाख २०७९, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१४ बैशाख २०७९, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१४ बैशाख २०७९, बुधबार
Next Post
गोलबजार नगरपालीकामा वैधानीक भ्रष्टाचार

गोलबजार नगरपालीकामा वैधानीक भ्रष्टाचार

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी