![](https://simapost.com/wp-content/uploads/2022/04/FB_IMG_1650559106281.jpg)
बरियारपट्टी । स्थानीय तहको निर्वाचनमा फेरि उम्मेदवार बन्ने तयारी गरेका सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले सरकारी गाडी फिर्ता गरेका छन् ।
![](https://simapost.com/wp-content/uploads/2022/04/img_20220421_1736394000174039686626128-1024x473.jpg)
बिहिवार स१झ ५८२ नम्बरको सरकारी गाडी गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत रन्जित जंग अधिकारीलाई फिर्ता गरेका छन । उनले अब आफ्नै गाडीमा चुनावी अभियान थाल्ने बताए । ‘सरकारी गाडी दुरुपयोग गर्न भएन्,’ उनले भने, ‘आफ्नै गाडी प्रयोग गर्छाैं ।’
वहाँ थापे आफ्नो कार्यकालमा सुरु गरेका बाँकी योजना पूरा गर्नका लागि आफू पुन उम्मेदवार बन्न लागेको उनले बताए । आफ्नो कार्यकालमा सडक, विद्युत र विपन्न लक्षित कार्यक्रमहरु धेरै भएको बताउँदै उनले भने, ‘ठूला प्रतिवद्धताहरु बजेट अभावका कारण पुरा गर्न सकिएन् ।’
![](https://simapost.com/wp-content/uploads/2022/04/img_20220421_1745018657629572599974799-1024x860.jpg)