बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँपालिकामा बैशाख ४ गतेदेखि टाईफाइड रोग विरुद्धको खोप अभियान प्रारम्भ हुनेछ ।
अभियानमा १५ महिनादेखि १५ बर्ष मुनि उमेर समुहकाहरुलाई टाईफाईड रोग विरुद्धको खोप लगाईने बरियारपट्टी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले जानकारी दिए । पालिकाको वडा अन्तर्गतका विद्यालय तथा स्वास्थ्य संस्थामा कोप केन्द्र संचालन हुने उनले बताए । खोप केन्द्रमा लागि आफ्ना बालबालिकालाई नछुट्याई टाइफाइड रोग विरुद्धको खोप लगाउन सोही कार्यक्रममार्फत उनले समेत आग्रह गरे ।
प्रमुख प्रशासकीय अधिकृत रंजितजंग अधिकारीले खोप अभियानको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । वहाँले खोप अभियानलाई सार्थकता दिन बरियारपट्टी गाउँपालिकाको सरोकारवाला र कर्मचारीको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उपाध्यक्ष रेखाकुमारी यादवले अभियानले टाईफाईड रोग निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वास्थ्य चौकीहरुको प्रमुख,सिरहा जनस्वास्थ्यको कर्मचारी,वडा अध्यक्ष,पत्रकार,प्रशासन र सरोकारवालाको उपस्थिति थियो ।