मुकेश कुमार यादव बरियारपट्टी। जनता समाजवादी पार्टीबाट सिरहाको औरही गाउँपालिकाकी निर्वाचित भएका उपाध्यक्ष सीता यादव सहित आफ्नो टिमको नेता कार्यकर्ता समेत पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् ।
नब प्रवेशि नेता कर्याकर्ताहरुले मञ्चमै जय नेपालको नारा गुन्जाए। काँग्रेस जिल्ला सभापती रामचन्द्र यादवले गाउँपालिका उपाध्यक्ष यादवलाई फूलमाला र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित उनी केहिदिन अगाडी पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् । आज उनीसहित जसपा र अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसले उपाध्यक्षकै उम्मेद्वार बनाउने पक्का भएपछि उनी पार्टी प्रवेश गरेको बुझिएको छ । जसपाले टिकट नदिने भएपछि उनले पार्टी छाडेकी स्रोतले जनायो ।