बरियारपट्टी चैत्र २३ ।भारतीय आयल निगमले नेपाल आयाल निगमलाई पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा सिरहाको बजारहरुमा कालोबजारी बढेपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको टोलिले पेट्रोल पम्पहरु अनुगमन सुरु गरेको छन ।
प्रजिअ कवारीेले भने हुलाकी रोडमा गाडीको चाप भन्दा प्रतेक पम्पको खपत तेल बढी देखिन्छ यस्को कारण नेपालको तेल भारत जान्छन् ।सबसिडिमा भारत बाट ल्याउने तेल पुनःह भारत जानु दुख:द हो यस्तो कालोबजारी गर्नेलाई करवाई गर्छु भन्ने बताउनुभयो ।
रु १५५ प्रतिलिटर पर्ने पेट्रोल २१० देखि ३५० रूपैयाँ सम्म बिक्री गर्ने गरेका जानकारी पाएछु यस्तो कालोबजारी गरनेलाई नेपाल सरकारको ऐन अनुसार करबाई हन्छ ।
मित्र राष्ट्र भारतमा पेट्रोल डिजलको रेट बढेको छ त्यसैले डिजल पेट्रोल दिनहु सिमाबर्ती क्षेत्र बाट भारत जाने क्रम बढेछ सरोकारवाला ध्यानाकर्षण होस स्थानीय रमेशकुमार यादवले गुनासो सुनाए ।