![](https://simapost.com/wp-content/uploads/2022/04/FB_IMG_1648919577769.jpg)
मुकेश यादव बरियारपट्टी । नरगीमा विष्णु महायज्ञको एक दिने कलश यात्रा आज भव्यताको साथ सम्पन्न भएको छ ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर १स्थित नरगीमा चैत्र २० गते आइतबारदेखि श्री सिताराम नाम सकिर्तन(सिताराम नाम जप नौ दिने) तथा बिष्णु महायज्ञ शुरु भएको छ ।
![](https://simapost.com/wp-content/uploads/2022/04/img_20220402_105452207802687751761939-1024x473.jpg)
महायज्ञको शुभारम्भ गर्नुअघि हजारौँको सहभागितामा बृहत् कलश यात्रा निकालिएको श्री सिताराम नाम सकिर्तन एव बिष्णु महायज्ञ समितिका अध्यक्ष विशेश्वर यादवले जानकारी दिए ।
![](https://simapost.com/wp-content/uploads/2022/04/fb_img_16489196352815898568082006273176-1024x768.jpg)
चैत २०गतेदेखि २७ गतेसम्म विष्णु महायज्ञ ७दिन सम्म आयोजना हुने सो महायज्ञमा झन्डै १० लाख भन्दा बढि खर्च हुने अनुमान समितिको रहेको छ ।
गाउँबासिहरु,भक्तजनहरू आफुखुशि आर्थिक सहयोग दिन तयार रहेको र अपुग खर्च समितिले बेहोर्ने अध्यक्ष यादवले बताए ।
![](https://simapost.com/wp-content/uploads/2022/04/img_20220402_1134006814842547627309134-1024x473.jpg)
महायज्ञमा नेपाल सहित छिमेकि बिहारबाट समेत हजारो भक्तजनहरु आउने तथा त्यसको सम्पूर्ण तयारि पूरा हुनुका साथे महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथै सो टोल भरिमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएको मेला समितिका अध्यक्ष यादवले जानकारी दिए ।
यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ । महायज्ञलाई सफल पार्नका लागि कथा वाचन २ बजे देखि,अखण्ड सिताराम नाम जप नौ दिन,रासलिला ८:३० बजे देखि ,झुला ,मोतका कुवा , ,सास्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु समेत सन्चालन हुने आयोजक बाबा राम बालक दासले जानकारी दिए ।