Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

एनआरएनए सउदीका अध्यक्षलाई गृह गाउँमा भव्य स्वागत

Sima Post Sima Post
१९ चैत्र २०७८, शनिबार
एनआरएनए सउदीका अध्यक्षलाई गृह गाउँमा भव्य स्वागत
20
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter


बद्री नारायण यादव
सिरहा,१९ चैत्र । आजको आधुनिक युगमा दक्षताको सबैभन्दा बढि महत्व रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) सउदीका अध्यक्ष डम्बर कुमार यादवले बताए । गाउँ आगमनको अवसरमा उज्जवल समाज कल्याण समिति विष्णुपुर गाउँपालिका-४ थल्हाकट्हाले आयोजना गरेको स्वागत् समारोहमा बोल्दै त्यस्तो कुरा बताएका हुन् ।


गृह गाउँ आएको अवसरमा स्थानीय युवाहरुले डम्बर कुमार यादवलाई जनकपुरको विमान स्थलबाट स्वागत् गर्दै बेहुला भैm सजाएर सिरहा जिल्ला ल्याइपुर्‍याए । उनलाई लक्ष्मीपुर चौकबाटै सजिसजाउ गाडि र बाजाका साथ फुलको माला र अवीर लगाई गाउँ परिक्रममा गराउदै कार्यक्रम स्थलमा पुर्‍याएको थियो । आयोजित स्वागत् तथा सम्मान समारोहमा उपस्थित सबैले स्वागत् गर्दै फुलको माला र अवीर लगाई दिएका थिए ।
अदक्ष रुपमा बैदेशिक रोजगारमा गएकाहरुले बढि परिश्रम गर्दा पनि थोरै आम्दानी गरिरहेकोले थोरै परिश्रममा बढि आम्दानी गर्नका लागि दक्षताको आवश्यकता रहेको उनले प्रष्ट्याए । ‘अन्य देशको तुलनामा नेपालको श्रम सम्झौता फरक रहेकोले नेपाली मजदुरको आम्दानी थोरै र परिश्रम थेरै गर्नुपर्ने बाध्यता छ । साथै अदक्षताले पनि धेरै फरक पार्दै आएको छ,’उनले भने,‘केही वर्ष, केही महिना पारिवारिक सुविधालाई कटौती गरेरै भएपनि सबैले दक्षता हासिल गर्नुपर्ने आजको आवश्यकता छ ।’
‘सफलताको छण थोरै समय थोरै परिश्रमको भरमा आउदैन् । धेरै परिश्रम र त्यस अनुसारको सीपको आवश्यकता पर्ने गर्दछन् । सफलताका लागि दक्षता, प्रतिक्षा, परिश्रम र लगनशिलताको जरुरी पर्छ,,’उनले भने,‘मैले १५ वर्ष सउदीमा काम गरे । यस अवधिमा धेरै कष्ट भयो । धेरै आरोह अवरोह आयो । सहयोगी र असहयोगी पक्ष पनि उभ्यो तर धैर्यताका साथ सबैलाई चिर्दै अगाडि बढे । सबै सहयोगी हात्तहरुको सहायताले आज यो ठाउँसम्म पुगेको छु । खुशी लाग्छ । सबैलाई धन्यवाद दिन चाहन्छु ।’
बैदेशिक रोजगारीमा जाँदैमा सहज रुपले पैसा कमाउन सकिदैन् उनले भने,‘हत्तारको सवारी दुर्घटनाको तयारी भने झै सिप र दक्षता विना लहै लहैमा बैदेशिक रोजगारमा गएमा ठगीमा पर्न सक्ने धेरै सम्भावना हुन्छ । सबै बिचौलिया विश्वासिलो हुँदैन् । अदक्षता, अधैर्यता र विचौलियाको जालमा फसेर समस्यामा परेका ४५ सय नेपालीलाई यस संघ मार्फत सहजीकरण गरेको छु । केहीलाई घर आउने टिकटको पैसा पनि तिर्नुपर्‍यो ।’
आर्थिक रुपले थल्ला परेका परिवारको सदसय सुन्दर सपना सजाएर बैदेशिक रोजगारमा गएकाहरु विदेश र नेपालको अवस्थालाई तुलना गरेर नेपालको सामाजिक रुपान्तरणका लागि थोरै-थोरै व्यक्तिगत सहयोगको भरमा गैर आवासीय नेपाली संघ सउदी भन्ने संस्था संचालन हुँदै आएको उनले प्रष्ट पारे । उनका अनुसार बैदेशिक रोजगारीको क्रममा विदेशमा समस्यामा परेका नेपालीलाई सहजीकरण गर्दै सुविधान दिनुका साथै नेपालमा आइपर्ने आपद् विपद्को समयमा थोरै भएपनि सहयोग गर्दै आएको छ, यो संस्था । नेपालमा आएको भुकम्प र सप्तरीमा आएको बाढिपिडितलाई सहयोग गर्नुका साथै गएको केही वर्ष भित्र दर्जनौं व्यक्तिलाई यस संस्थाको मार्फतले सहायता पुर्‍याएको उनले थपे ।
डा.उपेन्द्र महतोको अवधारणा अनुरुप विभिन्न देशमा गैर आवासीय नेपाली संघ संचालन भए सरह सउदीमा पनि गैर आवासीय नेपाली संघ स्थापना भई अध्यक्ष पद प्राप्त गर्न सफल भएका डम्बर कुमार यादव बधाईको पात्र रहेको प्रदेश सांसद तथा वन, पर्यटन, उद्योग तथा वातावरण पूर्व राज्य मन्त्री सुरेश कुमार मण्डलले बताए । इमान्दारिताका साथ लगनशिल भएर काम गर्दै अघि बढ्न सुझाव दिँदै उनले भने,‘दोश्रो उपेन्द्र महतोको रुपमा डम्बर कुमार यादवलाई देख्ने चाहना छ, मेरो ।’
उज्जवल समाज कल्याण समितिका अध्यक्ष मिथिलेश कापरको अध्यक्षतामा भएको स्वागत् तथा सम्मान समारोहमा विष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादव, उपाध्यक्ष अरहुलिया देवी सिंह,जिल्ला समन्वय समितिका उपसभापति सरोज कुमार यादव, जनता सामाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका प्रत्यासित अषेश्वर प्रसाद यादव, विष्णुपुर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राजकुमार यादव, वडा नं.५ का वडाध्यक्ष कपिलदेव यादव लगायतले गैर आवासीय नेपाली संघ सउदीको महत्व र आवश्यकता झल्काउदै मन्त्वय राख्नुका साथै संघका अध्यक्ष डम्बर कुमार यादवलाई बधाई दिए ।
उनीहरुले भने,‘गैर आवासीय नेपाली संघ सउदीले लिने नीति तथा बनाउने कार्ययोजनालाई सफताको स्थानमा पुर्‍याउन सक्दो सहयोग गर्नेछौं ।’ साथै त्यस कार्यक्रममा पत्रकार तथा संगीतकार सोनु मिश्राले आमा/छोराबीचको स्नेह झल्कने संदेशमुलक गीत प्रस्तुत गरे ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१९ चैत्र २०७८, शनिबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१९ चैत्र २०७८, शनिबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१९ चैत्र २०७८, शनिबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१९ चैत्र २०७८, शनिबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१९ चैत्र २०७८, शनिबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१९ चैत्र २०७८, शनिबार
Next Post
नरगीमा विष्णु महायज्ञ शुरु ,कलश यात्रा सम्पन्न

नरगीमा विष्णु महायज्ञ शुरु ,कलश यात्रा सम्पन्न

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी