Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बरियारपट्टी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन,
स्थानीय तह स्वनिर्भर बन्नुपर्छ ःप्रमुख जिल्ला अधिकारी कवाडी

Sima Post Sima Post
१६ चैत्र २०७८, बुधबार
बरियारपट्टी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन,स्थानीय तह स्वनिर्भर बन्नुपर्छ ःप्रमुख जिल्ला अधिकारी कवाडी
54
SHARES
168
VIEWS
Share on FacebookShare on Twitter


मुकेश यादव बरियारपट्टी । राजश्व अभिबृद्धिका सम्भाव्यतालाई पहिचान गर्दै त्यसलाई संरक्षण तथा परिचालन गरेर स्थानीय तहहरु स्वनिर्भर बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी लालबावु कवाडीले बताए । सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन समारोहमा बोल्दै त्यस्तो कुरा बताएका हुन् ।


प्राप्त केन्द्रिय तथा अन्य अनुदानहरुलाई उपयोग गर्दै विकास निर्माणका काम गर्नुका साथै राजश्व अभिबृद्धिमा सहयोग पुग्ने कार्यतिर पनि विषेश ध्यान दिनुपर्ने उनले बताए । स्थानीय श्रोत, साधन र प्राकृतिक सम्पदालाई संरक्षण गरेर राजश्व अभिबृद्धिसँग जोडेर क्रियाकलाप गरियो भने पालिकाको सुन्दरता पनि बढ्ने उनले थपे ।


‘स्थानीय सरकारको ५ वर्ष सिकाईमा गयो । धेरै काम पनि भयो । केन्द्रिय तथा अन्य अनुदानलाई सदुपयोग गरेर स्थानीय तहहरुले उपलब्धीमुलक कामहरु पनि गरेका छन्,’उनले भने,‘देश संघीय प्रणालीमा गएको अवस्थामा स्थानीय तहको क्रियाकलापबारे धेरैलाई सिकाईकै रुपमा समय गयो । आउने निर्वाचनबाट बन्ने स्थानीय सरकारका पदाधिकारीहरुले अझ राम्रो काम गर्नेछन् ।’
पाँच वर्षे कार्यकाल पुरा हुन लाग्दा पनि धेरै स्थानीय तहहरु भाडाकै भवनमा बस्दै आएको अवस्थामा बरियारपट्टी गाउँपालिकाले प्रशासकिय भवन निर्माण गर्ने सन्दर्भमा सफलता हासिल गर्नु सवल पक्ष रहेको उनले औल्याए । बरियारपट्टी गाउँपालिकाले गरेर कामहरुबाट अरु पालिकाहरुले सिक्ने ठाउँ रहेकोले त्यस्ता सिकाईका पक्षबाट सिकेर आफ्ना व्यवहारमा लागु गर्न उनले सबैसँग आग्रह गरे ।


साना ठुला विकास निर्माणका काम गर्दै पालिकाभरिमा विभिन्न सडकहरुमा १८ किलोमिटर सडक ढलान सम्पन्न गरि ४ किलोमिटरको सडकमा कालोपत्रे अन्तिम चरणमा पुगेको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले बताए । आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म पटक पटक बजेट विनियोजन गर्दै ६५ लाखको लागतमा उत्तरतिरको भवन र ५५ लाखको लागतमा पूर्वतिरको भवन निर्माण सम्पन्न भएको उनले प्रष्ट पारे ।


केन्द्रिय अनुदान प्राप्त मापदण्ड अनुसार जग्गा बन्दोवस्तीका लागि प्रयास गरि पनि विभिन्न कारणले सफलता हासिल गर्न नसक्दा पनि पालिकाको पटक पटकको लगानीमा प्रशासनिक भवन निर्माण गर्न सफल भएको उनले बताए ।


‘चुनाव जितेर आउँदा तत्कालिन गाविस बरियारपट्टीको भवनमा पालिकाको सम्पूर्ण काम गर्नुपरेको थियो । एउटै कोठामा अध्यक्ष,उपाध्यक्ष र प्रशासकिय अधिकृत बस्नुपर्ने बाध्यता थियो । सेवाग्राही जनतालाई पालिकामा बस्न दिने ठाउँ पनि थिएन् । आउने अतिथिलाई ठाउँको कारण बस्नु भन्ने भन्न नपाउँदा धेरै दुःख लाग्थ्यो,’उनले भने,‘त्यस्ता समय र समस्यालाई चिर्दै सबैको सहयोग र सहकार्यमा पालिकालाई सुसम्पन्नको अवस्थामा ल्याएको छु ।’


‘हामी चुनाव जितेर आउँदा वडा कार्यालयको भवनमा आश्रय लिएर बस्नुपर्ने बाध्यता थियो । भवन अभावमा एउटै कोठामा कोँचिएर २ देखि ४ वडा शाखा संचालन गर्नुपर्ने बाध्यता थियो । भवन अभावको बाध्यताबीच जनताको अपेक्षालाई पुरा गर्नुपर्ने अर्कोतिर हाम्रो कर्तव्य थियो,’ बरियारपट्टी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक रेखा कुमारी यादवले भनिन्,‘रुखमुनी बसेर न्याय सम्बन्धी काम र जनसहभागीताका छलफल गर्नुपरेको थियो । गर्थे ।’
‘कसैको एकल प्रयास होइन् सबैको साझा प्रयासमा पालिकाको प्रशासकिय भवन निर्माण कार्य सम्पन्न भएको छ,’उनले थप्दै भनिन्,‘भवन निर्माणसँगै पालिकाबाट भएको सबै कामको श्रेय सबै पदाधिकारीलाई जानेछ । सबैको योगदान छ । विकास र व्यवस्थापनमा सबै पदाधिकारी साझेदार छ । काम गर्ने क्रममा केही त्रुटि भएको होला तर सबैको चाहना विकास गर्ने नै थियो र छ पनि ।’


जनप्रतिनिधिले बनाएको योजना र कार्यक्रमलाई कानूनी तौर तरिका मिलाई दिने काम प्रशासनिक कर्मचारीले पुरा गरेको प्रमुख प्रशासकिय अधिकृत रंजितजंग अधिकरीले बताए । कार्यपालिकाको पदाधिकारीको सल्लाहसुझावलाई मानेर कानूनी तवरले ठीक र बेठीक हो भन्ने राय दिएर कार्मचारी तप्का अगाडि बढ्दै आएको उनले प्रष्ट पारे ।
पालिका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा भएको प्रशासकिय भवन उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका गाउँ अध्यक्ष बद्री नारायण यादव, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य राजेन्द्र यादव, जनमत पार्टीका पार्टी प्रतिनिधि दिनेश यादव,उद्योग वाणिज्य संघ सुखीपुरका अध्यक्ष सत्रुधन साह, जनता माध्यमिक विद्यालय खोक्सीका प्रधानाध्यापक विनोद कुमार मण्डल लगायतले पालिकाको विकास निर्माण तथा प्रशासकिय भवनको सन्र्दभमा आ–आफ्ना मन्त्वय राखेका थिए । कार्यक्रममा सहभागी भएका जेष्ठ नागरिक तथा अन्य व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१६ चैत्र २०७८, बुधबार
जनमत विद्यार्थी संघको प्यानल नै विजयी
BannerNews

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

१६ चैत्र २०७८, बुधबार
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए
BannerNews

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

१६ चैत्र २०७८, बुधबार
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद
BannerNews

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

१६ चैत्र २०७८, बुधबार
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द
BannerNews

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

१६ चैत्र २०७८, बुधबार
प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला
BannerNews

प्राकृतीक स्रोतको अनियन्त्रित दोहन, एकले अर्कोलाई देखाउँदै पन्छदै सरकोकारवाला

१६ चैत्र २०७८, बुधबार
Next Post
बरियारपट्टीमा पक्षाघातको बिरामीलाई प्रजिअले गरे आर्थिक सहयोग ,अझै सहयोगको जरुरी

बरियारपट्टीमा पक्षाघातको बिरामीलाई प्रजिअले गरे आर्थिक सहयोग ,अझै सहयोगको जरुरी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

1 day अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

2 days अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]l.com
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी