बरियारपट्टी।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ स्वास्थ्य चौकीको सभाहलमा एक दिने महिला स्वयंसेविका संग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका बताउनुभयो ।
बिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष रेखाकुमारी यादवले स्वयंसेविकाको भूमिका उल्लेख्य रूपमा सह्राहनीय छ ।
खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको युनिसेफको तथ्यांकमा उल्लेख गरेको छ भन्ने बताउनुभयो ।
पलिकाको स्वास्थ्य संयोजक रामजुलुम मंडलले गाउँघरमा स्वास्थ्य स्वयंसेविकाले राम्रो सम्मान पाउनुका साथै कतिपय दुर्गम ठाउँमा स्थानीयवासीले उनीहरूलाई डाक्टरसमेत भनेर सम्बोधन गर्ने गरेकाले उनीहरू विनापारिश्रमिक यस पेसामा लगातार लागिरहने थुप्रै कारणमध्येको महत्वपूर्ण कारण रहेको विभिन्न अनुसन्धानले देखाएको छन भन्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रंजित जंग अधिकारीले समग्रमा सामुदायिक स्वास्थ्य कार्यकर्ताभित्र पर्ने महिला स्वयंसेवकलाई विभिन्न देशमा फरक–फरक नामले सम्बोधन गर्ने गरिएको छ । चीनको ‘वेयरफुट डाक्टर’को सफलतापछि यो अवधारणाको अनुसरण अन्य मुलुकले पनि गर्न थालेका थिए । सन् १९७८ को अल्माआटा सम्मेलनले ल्याएको प्राथमिक स्वास्थ्य सेवाको अवधारणले यसलाई अनिवार्य बनाइदियो, जसको नारा थियो, ‘हेल्थ फर अल बाई २०००’ भन्ने बताउनुभयो ।कार्यक्रममा महिला स्वयंसेवक,पालिकाको कर्मचारी,प्रहरी,पत्रकार लगायतको उपस्थिति थिए ।