मुकेश कुमार यादव बरियारपट्टी । विवाह बर्ष गाठको अवसरमा कुनै जोडीले नयाँ ठाउँ घुम्ने तथा फजुल खर्च गर्ने प्रचलन समाजमा चलेको छ । तर यहाँका एक जोडीले भने फरक किसिमले विवाह बर्ष गाठ मनाएका छन् ।

सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ औरहीका प्राइभेट स्वास्थ्य सेवा कर्मचारी संघ सम्पुर्ण कम्पाउन्डर एसोसेशन विहार दरभङ्गामा कार्यरत अध्यक्ष अमरेश कुमार यादव र उर्मिला देवीको सहयोगले सनिवार गाउँकै १०० जना जेष्ठ नागरिक लाई कम्बल वितरण गरेका छन ।


यसै अवसरमा अउ जोडिले नि:शुल्क स्वास्थ्य शिविर गरेको थियो ।शिविर बाट ३०० जनाले स्वास्थ्य परिक्षण गराएको र नि:शुल्क औषधि वितरण गरेको औरहीकै स्वास्थ्य संयोजक उपेन्द्र कुमार यादवले बताउनुभयो ।


यस भन्दा पहिले विभिन्न कार्यक्रम गरि भारतको दरभङ्गा नै मनाउने गर्थे अउ जोडिले बताए।कार्यक्रममा औरही गाउँपालिका अध्यक्ष सिदार्थ दास यादव,उपाध्यक्ष सीता देवी, शिविरका डाक्टर ,वडा अध्यक्ष,समाजसेवी,राजनेतिकर्मि,पत्रकार ,प्रशासन, बुद्धिजीवी समेतलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो।




आफ्नो प्रतिक्रिया दिनुहोस् !