बरियारपट्टी।११२औँ अन्तर्राष्ट्रिय नारी दिवस पनि बरियारपट्टीमा मनाइएको छ। बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ स्वास्थ्य चौकीको प्रांगणमा भएको उक्त कार्यक्रममा महिला–पुरुष सबैको सहभागिता रहेको थियो।


कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सदस्य ललिता दास बिद्रोही नेपालको सन्दर्भमा नारीहरुको जनसंख्याको तथ्यांक हेर्ने हो भने ५१.५ प्रतिशत महिला छन् भने ४८.५ प्रतिशत पुरुष रहेका छन् । यहाँनेर पुरुषभन्दा नारीको संख्या ८ लाखले बढी छ । तर पनि महिलाहरु पछि परिरहेको अवस्था छ । त्यसैले महिलाहरुलाई अब मानसिक रुपमा नै नेतृत्वतिर लैजानु आवश्यक छ । हुन त नेपालको संविधान २०७२ ले पनि महिला हक अधिकारको कुरालाई जोडतोडका साथ सुनिश्चित गरेको छ । तर महिलाहरुले यो सम्बन्धि अधिकारको पूर्ण कार्यान्वयनको चरणमा पुग्न सकिरहेका छैनन् भन्ने वताउनु भयो ।

सेबिका यादबले देश तथा विदेशमा कैयौँ महिलाहरु घरेलु हिंसाको सिकार भइरहेका छन् । दमन र शोषण अनि बेचबिखनका रुपमा देशका कुना काप्चाहरुमा अवैधरुपमा बस्न बाध्य छन् ।

विशिष्ट अतिथि महिला अधिकारकर्मी जिबछी यादवलेलैङ्गिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैङ्गिक न्याय र समानता कायम गर्न नेपालले अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु जनाएको पनि छ ।तर महिलाविरुद्धको शोषण, असमानता, विभेद अन्त्य भइसकेको छैन । त्यसैले प्रत्येक वर्ष नारी दिवस मनाइरहँदा वास्तविक शोषित, पीडित महिलाका आधारभूत सवालहरुमा दिवसले के ग-यो भन्ने गम्भीर रुपमा उठ्ने गर्छ भन्ने बताउनुभयो ।
कार्यक्रममा रोजगार संयोजक योगेन्द्र यादव ,प्रशासन प्रमुख बिन्देश्वर यादव ,ईन्जिनियर चंदन यादव , लेखा बिजय ठाकुर,स्थानीय ,कर्मचारी ,पत्रकार,प्रशासन लगायतको उपस्थिति थिए ।उध्दोषन नताशा शर्माले गर्नु भएको थियो ।

सम्वन्धित समाचार :