बरियारपट्टी ।सिरहाको औरही गाउँपालिका वडा नम्बर ३ करहर्वाको समुदाय भवन मदिरा भण्डारमा परिनतहुदा पनि प्रहरी प्रशासन लाई भनक भएन ।लामो समयदेखि समुदाय भवनमा मदिरा भण्डार हुन्थ्यो र त्यहाँ बाट मध्य रातिमा चार पाङ्ग्रे गाडिमा मित्र राष्ट्र भारत जान्थे तर सोमबार राति ११ बजे कसरी जिल्ला प्रहरीले समाते अचम्म लागे रामकलि देवीले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी निरीक्षक (इन्सपेक्टर) रामचन्द्र साहको कमान्डमा गएको टोलीले राति ११ वजे ३० मिनेटमा सो समुदाय भवनमा १५ बोरा (६०काटुन) अवैध मदिरा समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाको डिएसपी सुभाष बुढाथोकी बताए ।
सो तालाचा मारेको समुदाय भवनमा रहेको अवैध मदिरा भण्डार औरहीको बि.ओ.पि देखि ३ किलोमिटर र नेपाल प्रहरी चौकी भन्दा २ किलोमिटर मात्र रहेको हुदा पनि प्रशासनलाई भनक पनि थाहा नहुनु स्थानीय प्रशासन माथि प्रश्न उठिरहेको छन।