बरियारपट्टी ।सिरहाको औरही गाउँपालिकालाई मधेस प्रदेश सरकार समाजिक बिकास मन्त्रालय सपही धनुषाले डिजिटल फैमली फोल्डर ट्यावलेट पाँच थान हस्तान्तरण गरेका छन ।औरही गाउँपालिक वडा नम्बर ५ स्वास्थ्य चौकीको सभा हलमा कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशको स्वास्थ्य निर्देशक विजय झाले यो सपटवेयरले छोटो समय, कम खर्चमा एकै पल्टमा पालिका भित्र रहेको शिक्षा,स्वास्थ ,बेरोजगार र जनगणना जस्तो तथ्यांक लिएपछि पटकपटकघरमै गएर तथ्यांक लिनुपर्दैन ।
यो कार्यक्रम सिरहाको धनगढीमाई नगरपालिका र औरही गाउँपालिकामा संचालन गरेको छु, यस कार्यक्रम बाट प्रतिफल राम्रो भयो भने सिरहाको १७ पालिकामा संचालन गर्छु बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएको पालिका अध्यक्ष सिदार्थ यादवले यो सपटवेयर नहुदा शिक्षा,स्वास्थ्य र कृषि जस्ता क्षेत्रको तथ्यांक लिन प्रतेक शाखाले कर्मचारी खटाई तथ्यांक लिनुपर्ने अवस्था थियो तर यो सपटवेयर हुदा एउटै कर्मचारीले सबै क्षेत्रको तथ्यांक लिन टेवा पुर्याउछ भने बताउनु भयो ।
यो कार्यक्रम पहिले भए राम्रो हुन्थ्यो ।अब पालिकाको हरेक क्षेत्रका तथ्यांक कम खर्चमा सहि तथ्यांक पाउन यो सपटवेरले टेवा पुर्याउन मदत गर्छ भने उपाध्यक्ष सीता यादवले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुशियतले सपटवेयर चलाउने कर्मचारीलाई सहि तथ्यांक लिन कडा निर्देश दिए र मधेस प्रदेशका स्वास्थ्य निर्देशक झालाई धन्यवाद दिए ।कार्यक्रमको उध्दोषक स्वास्थ शाखा प्रमुख उपेन्द्र कुमार यादव गर्नुभयो ।कार्यक्रममा स्थानीय,कर्मचारी,वडा अध्यक्ष लगायतको उपस्थिति थिए ।