Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अस्तव्यस्त शपथ, ७ दिनमै सरकार ढाल्ने काँग्रेस सांसदको धम्की !

न्युजडेस्क न्युजडेस्क
२३ माघ २०७८, आईतवार
अस्तव्यस्त शपथ, ७ दिनमै सरकार ढाल्ने काँग्रेस सांसदको धम्की !
25
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

मन्त्रालय जथाभावी टुक्रयाएको भन्दै विपक्षी एमालेको आपत्ति, सत्तापक्ष भन्छ, ‘मितव्ययिता अपनाएर आर्थिक भार बढी पर्न दिइँदैन’

नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका एक सदस्यले आइतबार बिहानै सरकार विस्तारको तयारीबारे असन्तुष्ट हुँदै भने, ‘मुख्यमन्त्री राजेन्द्र राई एकलौटी ढंगले अगाडि बढ्न खोजेका छन्, यो हामीलाई मान्य छैन, ७ दिनमै सरकार ढाल्दिन्छौं ।’ उनले मुख्यमन्त्री राईले आफूहरुसँग सल्लाह नगरेको भन्दै चर्को असन्तुष्टि व्यक्त गर्दै थप भनेका थिए, ‘यो कुरा मैले मुख्यमन्त्रीलाई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पनि भनेको छु, यही तरिकाले अगाडि बढे संसदीय दलको बहुमत सदस्यले निर्णय गरेर सबै मन्त्री फिर्ता बोलाउँछौं ।’ उनले त्यसो भनेपनि प्रदेश १ सरकारका नयाँमन्त्रीको शपथग्रहण समारोहमा काँग्रेस संसदीय दलका नेता राजिव कोइराला तथा उपनेता हिमाल कार्की सहभागी भए । काँग्रेसका नेता तथा सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की भने शपथग्रहणमा सहभागी भएनन् ।

आफू नियुक्त भएको ९७ दिनपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जम्बो मन्त्रीमण्डल निर्माण गरेका छन् । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै राई गत कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आफ्नै पार्टीभित्रका आकांक्षीको व्यवस्थापन तथा अन्य गठबन्धन दलहरुको दबाबकाबीच राईले मन्त्रीमण्डल विस्तार गरेका हुन् । विस्तार पछि मन्त्रीमण्डल १४ सदस्यीय पुगेको छ । आइतबार मात्रै ८ मन्त्री थपिएका हुन् । तर, पनि आफ्नो दलदेखि अन्य दलको असन्तुष्टि चुलिएको छ ।

मन्त्रीमण्डल विस्तार हुनुअघि नेकपा (एकीकृत समाजवादी)को बैठकमा १ जना बाहेक सबै मन्त्रीका आकांक्षी देखिएका थिए । समाजवादीमा मन्त्री बन्न लोभ नगर्ने सांसद गणेश काङमाङ मात्रै थिए । काँग्रेसमा पनि मन्त्री बन्ने दाउपेचमा थुप्रै सांसदहरु लागेका थिए । संसदीय दलमा नेपाली काँग्रेसमा शेखर कोइराला पक्षको बहुमत भएपनि नयाँ मन्त्री बन्नेहरु भने सबै देउवा–सिटौला पक्षका छन् । त्यही कारण पनि कोइराला पक्षका सांसदहरुले चर्को असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

अस्तव्यस्त शपथग्रहण

आइतबार बिहान ११ बजे शपथग्रहणको समय छुट्याइएको भएपनि झण्डै साढे १ बजे कार्यक्रम सुरु भएको थियो । प्रदेश प्रमुखको कार्यालय विराटनगरको भवनस्थलमै मोटरसाइकल पार्किङस्थलमा टेन्ट राखेर निर्माण गरिएको शपथग्रहणस्थल अस्तव्यस्त थियो । संचारकर्मीलाई फोटो खिच्ने स्थानको अभाव थियो भने नवनियुक्त मन्त्रीका सुभेच्छुक तथा समर्थकको भीड थामिनसक्नु थियो । यसअघि नियुक्त मन्त्रीहरुको बस्ने स्थानको अभाव थियो भने सचिव तथा अन्य विशिष्ट व्यक्तित्वहरुको बस्ने स्थान थिएन ।



अन्तिममा जिम्मेवारी हेरफेर

शपथग्रहण गराउन प्रदेश प्रमुख परशुराम खापुङलाई आग्रह गरेर शपथको पेपर दिइसकेपछि आफ्नो बरियता र मन्त्रालय फरक परेको भन्दै काँग्रेसका सांसद ओम सरावगीले आपत्ती जनाए । सरावगीलाई काँग्रेस संसदीय दलका नेता राजिव कोइराला र उपनेता तथा मन्त्री हिमाल कार्कीले साथ दिएपछि त्यही पत्र सच्याइयो ।

सहमति भएको भन्दा भिन्न ढंगले पत्र आएको भन्दै काँग्रेस नेताहरुले मुख्यमन्त्रीसँग सार्वजनिक स्थलमै आपत्ती जनाएका थिए । त्यसपछि मुख्यमन्त्री राजेन्द्र राईले सहजीकरण गरेर मन्त्रालयको जिम्मा र बरियता मिलाए ।

काँग्रेसबाटै मन्त्री बन्न लागेका प्रतापप्रकाश हाङ्गाम माथिल्लो बरियतामा र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मा दिन लागिएको थियो । तर, सराबगीको आपत्ती पछि हाङ्गामलाई वरियतामा एक स्थान तल पार्दै उद्योग, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवार दिएर सरावगीलाई वरियतामा एक स्थान माथि राख्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मा दिइएको छ ।

संघीयतालाई थप बदनाम गरियो : विपक्षी एमाले

प्रदेश १ मा भएका ७ मन्त्रालयलाई टुक्र्याएर १३ वटा पुर्याएको विषयमा एमाले स्थायी समिति सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मतकुमार कार्कीले आपत्ती जनाएका छन् । उनले वर्तमान गठबन्धन दलका नेताहरुले संघीयतालाई मजबुद बनाउन लाग्नु पर्ने बेलामा कमजोर बनाउन लागेको बताए ।

‘सीमित अधिकार भएका सीमित मन्त्रालयलाई विभाजन गरेर मन्त्रालय थप गर्नु भनेको राजनीतिक दलप्रति जनतामा थप वितृष्णा थप्ने काम हो,’ कार्कीले भने, ‘प्रदेशमा ७ मन्त्रालय नै पर्याप्त थियो, केही मन्त्रालयका विभागहरु दायाँबायाँ गर्न सकिन्थ्यो, तर प्रदेश सरकारले १३ मन्त्रालय र १४ जनाको मन्त्रीमण्डल बनाएको छ, यतिले मात्रै गठबन्धनको भागशान्ति पुगेको छ जस्तो मलाई लाग्दैन, म यति भन्छु राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश सरकारले संघीयता विरुद्धमा जनतामा वितृष्णा पैदा गर्छ ।’

अविलम्ब संसदको बैठक बस्नुपर्ने बताउँदै कार्कीले त्यही आफ्नो कुरा सशक्त ढंगले राख्ने बताए । ‘प्रदेश सरकारले इतिहासमा कलंकित हुने र आफैंले गरेको कामले आफैंलाई ग्लानी हुने काम गरेको छ,’ कार्कीले भने ।

यता काँग्रेसका सांसद तथा सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पनि १२ वटा मन्त्रालय पुर्याउने सहमति गरेर १३ पुर्याइएको भन्दै आपत्ती जनाएका छन् । ‘मुख्यमन्त्रीले १२ वटा मन्त्रालय पुर्याउने प्रस्ताव मन्त्रीपरिषदमा ल्याउनु भएको थियो, त्यसलाई हामीले सहमति गर्यौं, अब अहिले उहाँले १२ बाट १३, १३ बाट १४ पुर्याउनु होला, त्यस्तो विषयमा क्याबिनेटका मन्त्रीहरुसँग छलफल त हुनुपर्यो नि,’ कार्कीले भने, ‘यसको जस अपजसको भागिदार मुख्यमन्त्री नै हुनुपर्छ, उहाँको क्याबिनेटमा म पनि छु भन्ने कुरा बुझ्नु पर्छ, मलाई नै नसोधि मेरो मन्त्रालयबाट सञ्चार निकालिएको छ ।’

खर्च बढ्दैन, संघीयता बदनाम गरिँदैन : मन्त्री आङ्बो

यता प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको आवश्यकता र आर्थिक कार्यभारको दृष्टिले मन्त्रीमण्डल विस्तार सामान्य रहेको बताएका छन् । उनले  मन्त्रीमण्डल विस्तार संविधानको सीमाभित्रै रहेर गरिएको भन्दै गठबन्धनको बचाउ गरे । ‘हामीले संघीय सरकारले प्रदेशलाई दिएको संगठनात्मक संरचना अनुसारकै दरबन्दीलाई राखेर मन्त्रालय संचालन गर्छौं,’ आङ्बोले भने, ‘जनताले दिएको सकारात्मक आलोचना र टिप्पणीलाई हामीलाई गम्भीरतापूर्वक लिएका छौं, सकेसम्म आर्थिक व्ययभारलाई हामी कम गर्छौं ।’

उनले १३ वटा मन्त्रालयमा सचिवहरु पुग्लान् त भन्ने प्रश्नको जवाफ दिँदै कतिपय विशेष विभाग बाहेकका सचिवहरूलाई अतिरिक्त जिम्मेवारी दिने बताए । ‘कतिपय सम्बन्धित मन्त्रालयका सचिवहरूलाई नै थप जिम्मेवारी दिन्छौं,’ उनले भने, ‘प्रदेश सरकार बन्दै गर्दा जुन दरबन्दी थियो त्यही आधारमा हामी मन्त्रालयहरू चलाउँछौं, थप दरबन्दी माग गर्दैनौं ।’साभार रातोपाटी



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

२३ माघ २०७८, आईतवार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

२३ माघ २०७८, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

२३ माघ २०७८, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

२३ माघ २०७८, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२३ माघ २०७८, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२३ माघ २०७८, आईतवार
Next Post
देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा दुई घन्टा लामो छलफल

देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा दुई घन्टा लामो छलफल

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी