वीरगन्ज, माघ २२
पर्साको धोबिनी गाउँपालिकामा भ्रषटाचार गर्न पाउनु पर्छ भने धारणा बोकी त्याहाका कर्मचारीले मनपरि गरिरहेको पाईएको छ । आर्थिक कारोबारको सम्पुर्ण जिम्मेवारी प्रमुख प्रशासकिय र लेखा पालमा निहित भएकोले उनिहरू लगायत याेजनाका कर्मचारी समेतको मिलोमतोमा गाउपालिकामा भ्रष्टाचार मौलाएको पालिका प्रमुख सुरेश प्रसाद कुर्मीले जनाएका छन । कर्मचारीहरूले गरेको भ्रष्टाचार रोकन खोज्दा जनप्रतिनिधि संग दुर्ववहार गर्ने सम्मको कार्य कार्यालयमा गर्ने र घटनाको सिसिटिभी फुटेजपनि कर्मचारीले मेटाईदिएको पालिका प्रमुख ले विज्ञप्ती मार्फत जानकारी गराएका छन ।

केही दिन यता धोबिनीमा चर्चामा आएको कर्मचारी ,जनप्रतिनिधि विवाद बारे पालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले गम्भीर खुलासा गरेका छन् । ‘राजनीतिक दुराग्रहले प्रेरित भइ गाउँपालिकाको काम कारवाही पछिल्लो समयमा अनिर्णयको बन्दी बनाएर पालिकावासीको बिकास तथा सेवा प्राप्तिको अधिकारलाई हनन गर्ने काम भइरहेको विदितै छ,’ शुक्रवार उनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘धोबिनी गाउँपालिकाको कार्यपालिका सदस्य वडा नम्बर एक घर भएकी श्रीमति शान्ति देवीले पेश गरेको योजना अनुसार पाँच लाख रुपैयाको सामग्री (विद्युतीय मोटर) किसानलाई बितरण गर्नुपर्ने चालु आर्थिक वर्षको कार्यक्रममा रहेको थियो । पालिकाको नीति अनुरुप सार्वजनिक खरिद ऐनको पालना गर्दै प्रतिस्पर्धाबाट सो सामान खरिद गर्नुपर्ने जनप्रतिनिधिको आग्रहको बेवास्ता गर्दै, प्रमुख प्रसाशकीय अधिकृत राजुप्रसाद साहले कमिशनका लागि बिना प्रतिस्पर्धा वीरगन्जमैं बसेर मोटर खरिद गरेपछि जनप्रतिनिधिहरु स्वभाविक रुपमा आक्रोशित भएकै हुन ।’
प्रमुख प्रसाशकीय अधिकृत साहले आफ्नो मित पर्ने पोखरियाका राजु गिरीलाई सो खरिद आदेश दिएको खुलेको छ । यस मामिलामा जनप्रतिनिधिहरुको आक्रोश शान्त पार्न हाम्रो पहल भइरहेकै बेला प्रशासकीय अधिकृत साहले कार्यपालिका सदस्य शान्तिदेवीको राजनीतिक पतिस्पर्धीसंग सो सामग्री आफुखुसी बितरण गर्न लगाएको । र, यसले राष्ट्रसेवक कर्मचारी आफ्नो पेशागत धर्मबिपरित प्रत्यक्ष रुपमा राजनीति गरेको प्रमाणित हुन गएको गाउँपालिका प्रमुख कुर्मीको आरोप छ ।
उक्त प्रकरणमा कार्यपालिका सदस्य शान्तिदेवी गाउँपालिका कार्

सम्वन्धित समाचार :