Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

राजधानी बाहिर रमाएका क्यान्सर विशेषज्ञ डा विरेन्द्र यादव

Sima Post Sima Post
२१ माघ २०७८, शुक्रबार
राजधानी बाहिर रमाएका क्यान्सर विशेषज्ञ डा विरेन्द्र यादव
30
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter


बरियारपट्टी ।क्यान्सर रोग जस्तो विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल त्यो पनि काठमाडौंबाहिर धेरैको कल्पना भन्दा बाहिरको कुरा थियो । झापामा क्यान्सर अस्पताल खुल्ला र त्यहाँबाट धेरै बिरामीले सेवा लिन पाउलान भन्ने कसैले सोचेका पनि थिएनन् र धेरैले विश्वास पनि गरेका थिएनन। तर त्यसबेला भारतको प्रतिष्ठित संस्था पीजीआई चन्डीगढबाट क्यान्सरमा विशेषज्ञता हासिल गरेर मेदान्त जस्तो अस्पतालमा काम गरिरहेका एक जना युवा चिकित्सकले भने यो कुरा सम्भव छ भन्ने ठानेर नेपाल आए र अस्पतालको सेवाको त कुरै छोडौं भवन नै नबनेको बेलामा पनि साथ दिए ।

र अहिले देशकै नमुना क्यान्सर अस्पताल बनाउन सफल भए । उनी हुन् पूर्वी नेपाल झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर क्यान्सर विशेषज्ञ डा विरेन्द्र यादव । डा यादव क्यान्सर रोग विशेषज्ञ हुन्। उनी अहिले झापाको बिर्तामोडमा रहेको सुविधासम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पतालमा मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन्। मृदुभाषी डा यादव सो क्षेत्रका बिरामीहरुको वीचमा पनि निकै प्रिय छन्।
सिरहाको सामान्य परिवारमा जन्मेका डा यादवले १० कक्षासम्म गाउँकै सरकारी स्कूलमा पढे । त्यसपछि प्लस टु पढ्नका लागि जनकपुर गए । जनकपुरमा सन् २००२ मा प्लस टु सकेपछि उनी एमबीबीएसमा नाम निकालेर सो पढ्न चीन गए । सानैदेखि पढाईमा अब्बल यादव डाक्टर बन्ने सपना बोकेर चीन गएर त्यहाँबाट फर्केर आएपछि लहानमा लगभग डेढ वर्ष काम गरे

। उनलाई त्यसबेला नै दुखी गरिबको सेवामा मन लाग्न थालिसकेको थियो । उनले अब म जहाँ पढ्न गए पनि फर्केर आएर आफनै देशका बिरामीको सेवा गर्छु भन्ने ठानिसकेका थिए ।क्यान्सर रोग जस्तो विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल त्यो पनि काठमाडौंबाहिर धेरैको कल्पना भन्दा बाहिरको कुरा थियो । झापामा क्यान्सर अस्पताल खुल्ला र त्यहाँबाट धेरै बिरामीले सेवा लिन पाउलान भन्ने कसैले सोचेका पनि थिएनन् र धेरैले विश्वास पनि गरेका थिएनन। तर त्यसबेला भारतको प्रतिष्ठित संस्था पीजीआई चन्डीगढबाट क्यान्सरमा विशेषज्ञता हासिल गरेर मेदान्त जस्तो अस्पतालमा काम गरिरहेका एक जना युवा चिकित्सकले भने यो कुरा सम्भव छ भन्ने ठानेर नेपाल आए र अस्पतालको सेवाको त कुरै छोडौं भवन नै नबनेको बेलामा पनि साथ दिए र अहिले देशकै नुमना क्यान्सर अस्पताल बनाउन सफल भए । उनी हुन् पूर्वी नेपाल झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर क्यान्सर विशेषज्ञ डा विरेन्द्र यादव ।

एमबीबीएस मात्र गरेर बस्ने कुरा थिएन । उनी एमडी पढ्नका लागि पीजीआई चन्डीगढ गए । पीजीआईमा नाम निकाल्नै मुश्किल थियो के पढ्ने भन्ने त पछिको कुरा ।  उनलाई सुरुमा मेडिसिन पढ्न मन थियो । तर नेपालमा मेडिसिन पढेका धेरै छन् भन्ने लागेर आफूले हेरेका क्यान्सर बिरामी सम्झदैं अंकोलोजी पढ्ने निधो गरे र सोही बमोजिम भर्ना भए ।

पढाइमा अब्बल

पढाइमा अब्बल तथा मिहिनेती र सकारात्मक सोचाईका यादवलाई पढाइ सक्ने बित्तिकै दिल्लीको मेदान्त अस्पतालमा काम गर्ने अवसर आयो । उनका लागि यो अवसर निकै ठूलो थियो स्विकार नगर्ने कुरै भएन । उनले काम गर्न सुरु गरे । नेपालबाट मेदान्त जाने धेरै क्यान्सरका बिरामीहरुसँग उनको भेट हुन्थ्यो । उनीहरुले त्यहाँ पाएको सास्ती देख्दा नेपालमै सुविधासम्पन्न  अस्पताल किन हुन सकेन भन्ने लागिरहन्थ्यो । तर पनि उनको करियरका लागि मेदान्तभन्दा अर्को राम्रो ठाउँ थिएन । लगभग दुई वर्ष काम गरिसकेका थिए । आर्थिक हिसाबले पनि निकै आम्दानी थियो । तर मनमा भने कता कता यही सेवा नेपालमा दिन पाए भन्ने चाहिं लागिरहन्थ्यो उनलाई । त्यही बेला उनको भेट झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग भयो । जसले यसअघि नै झापामा बी एण्ड सी अस्पताल चलाइरहेका थिए । उनले आफूले क्यान्सर अस्पताल बनाउन लागेको भन्दै डा यादवलाई सो अस्पतालमा आउन अफर गरे ।
युवा मेडिकल डाइरेक्टरको मिहिनेत, उत्कृष्ट टिम तथा सञ्चालकको बिरामीलाई केन्द्रमा राखेर गरिने व्यवहारका कारण पूर्वाञ्चल क्यान्सर अस्पताल देशकै नमुना उत्कृष्ट अस्पताल बन्न सफल भएको कुरा नकार्न सकिन्न ।
सुरुमा त त्यति राम्रो जागिर छोडेर आउँ की नआउँ भयो । तर पछि नेपालमै केही गर्न मन थियो त्यसैले अरु केही नसोची  हुन्छ भनें उनले भने । हुन्छ भनेर मेदान्तको जागिर छोडेर आए तर आउँदा अस्पतालको भवन समेत बनेको थिएन । ८ महिनासम्म यत्तिकै बसे उनी । बी एण्ड सी अस्पतालको एउटा विभागमा कुर्सी राखेर बस्ने र कहिलेकाहीं आउने बिरामी हेर्ने काम भयो उनको । यो बेलामा चाहिं उनलाई मेदान्त छोडेर आएर कतै गल्ती त गरिंन भन्ने लाग्यो । तर पनि उनी आत्तिएनन्। यसमा हिम्मत दिने काम गरे सञ्चालक प्रसाईले । कति दिन त बिहान अस्पताल आउने दिनभर कुर्सीमा बस्ने र बेलुका घर जाने काम भयो । आफू आएको ८ महिनापछि भने अस्पताल रफ्तारमा बन्न थाल्यो । अब भने सामानहरु धमाधम आउन थाले त्यसपछि भने बल्ल मैले जे गरें ठिक गरें भन्ने लाग्यो । उनलाई सबैभन्दा मन परेको भनेकै सञ्चालक प्रसाईको कामप्रतिको अठोट र हामी डाक्टरलाई जे चाहिन्छ भन्यो त्यही उपकरण उपलब्ध गराइदिने बानी । अस्पताल बन्न थालेपछि भने उनले पछाडी फर्केर हेर्न परेको छैन्। अहिले त पूर्वाञ्चल क्यान्सर अस्पताल देशकै मात्र हैन् दक्षिण एशियामामै अब्बल र सुविधासम्पन्न अस्पताल बनेको छ । जसमा काठमाडौंमै नभएका धेरै यस्ता क्यान्सरका बिरामीलाई चाहिने विशिष्टीकृत सेवाहरु उपलब्ध छन्। जसका कारण अहिले बिरामीको घुइँचो लागिरहेको छ, उनले थपे ।
उत्कृष्ट टिम तथा अत्याधुनिक उपकरण
अहिले उनले २० जना भन्दा बढी क्यान्सर ‘सुपर स्पेसलाइज्ड’ विशेषज्ञ जसलाइ आफनो टिममा ल्याइसकेका छन्। जसले क्यान्सरका सम्पूर्ण सेवाहरु अन्तरािष्ट्रय स्तरमा दिन सफल भएका छन्। त्यसैले स्थापना भएको २ वर्षमै काठमाडौं लगायत अन्य जिल्लाबाट पनि बिरामीहरु पूर्वाञ्चल क्यान्सर अस्पताल आउन थालेका छन्। यति मात्र हैन भारतको सिमा नजिक भएका कारण पनि भारतीयहरु पनि सेवा लिन आउने गरेको डा यादव बताउँछन्।  उनी भन्छन, अब यस अस्पताललाई छाेटो समयमा जसरी देशभर चिनाउन सफल भएका छौं । त्यसैगरी दक्षिण एशियामा उत्कृष्ट क्यान्सर अस्पताल बनाउने हाम्रो उद्धेस्य छ । पक्कै पनि यही गतिमा जाने हो भने १० वर्षमा केही न केही त रेकर्ड पक्कै राख्न सकिन्छ । उनले आफूहरुले छोटो समयमै धेरै बिरामीलाई सेवा दिन सकेको समेत जिकीर गरे । नेपालमा पेट सिटी स्क्यानको निकै आवश्यकता महशुस गरी झण्डै ५० करोड लगानी गरेर पेट सिटी स्क्यान समेत ल्याइएको उनले जानकारी दिए । सो पेट स्क्यान छिटै सञ्चालन हुने र यसले क्यान्सर उपचारमा नयाँ आयाम थप्ने उनको विश्वास छ । क्यान्सर उपचारमा सर्जरी, रेडियोथेरापी, केमोथेरापी सेवा महत्वपूर्ण पाटा हुन् यी सबै सेवा अस्पतालमा उपलब्ध मात्र हैन् सेवा दिने विशेषज्ञ चिकित्सक पनि उपलब्ध छन्। जसका कारण माेफसलमा रहेर पनि धेरै बिरामीको रोजाई बनेको पूर्वाञ्चल क्यान्सर अस्पताल ।

राजधानीबाहिर रहेर पनि अहिले नेपालमा भएका क्यान्सरका बिरामीमध्ये २० प्रतिशत बिरामीलाई आफूहरुले सेवा दिएको डा यादव बताउँछन्। उनले भने, ‘एकिन तथ्यांक नभए पनि नेपालमा वर्षेनी ३० देखि ३५ हजारको हाराहारीमा क्यान्सर बिरामी थपिने गर्छन्। यीमध्ये २० प्रतिशत बिरामी पूर्वाञ्चल क्यान्सर अस्पतालमा आएर सेवा लिइरहेका छन्। राजधानीका क्यान्सर अस्पतालभन्दा आफूहरुकहाँ केही सस्तो भएकाले पनि सोही सेवाका लागि किन महंगो तिरेर काठमाडौं नै जाने भन्दै बिरामीहरु घर नजिककै अस्पताल आउन चाहेको उनले जिकीर गरे ।
अहिले दैनिक ३० देखि ३५ वटा जटिल क्यान्सरको शल्यक्रिया भइरहेकाे छ ,उनले थपे । २४ सै घण्टा सेवा दिने उक्त अस्पतालमा सबै डाक्टर फूल टाइम काम गर्ने भएकाले जुनसुकै बेला जस्तोसुकै अवस्थामा आएका बिरामीलाई सेवा दिन अप्ठेरो नपर्ने र बिरामीले डाक्टर कुरेर बस्नुपर्ने समस्या नभएको उनको भनाई छ । युवा मेडिकल डाइरेक्टरको मिहिनेत, उत्कृष्ट टिम तथा सञ्चालकको बिरामीलाई केन्द्रमा राखेर गरिने व्यवहारका कारण पूर्वाञ्चल क्यान्सर अस्पताल देशकै नमुना उत्कृष्ट अस्पताल बन्न सफल भएको कुरा नकार्न सकिन्न ।हेल्थ टिभी अनलाइन



यो पनि पढ्नुहोला !

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

२१ माघ २०७८, शुक्रबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२१ माघ २०७८, शुक्रबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२१ माघ २०७८, शुक्रबार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

२१ माघ २०७८, शुक्रबार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

२१ माघ २०७८, शुक्रबार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

२१ माघ २०७८, शुक्रबार
Next Post
धोबनी गांउपालिकामा भ्रष्टाचार लुकाउन कर्मचारीको मनपरि जनप्रतिनिधि उपर अभद्र ब्यवहार, सिसिटिभी फुटेज गायब

धोबनी गांउपालिकामा भ्रष्टाचार लुकाउन कर्मचारीको मनपरि जनप्रतिनिधि उपर अभद्र ब्यवहार, सिसिटिभी फुटेज गायब

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

23 hours अफिले
जनमत विद्यार्थी संघको प्यानल नै विजयी

जनमत विद्यार्थी संघको प्यानल नै विजयी

1 day अफिले
बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

बरियारपट्टीमा ६ महिना नबित्दै ४ अधिकृत फेरिए

1 week अफिले
बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

बरियारपट्टीमा लाखौंको पटकाजन्य पदार्थ बरामद

3 weeks अफिले
गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

गोलबजारको वडा नम्बर ४ अनिश्चितकालीन बन्द

3 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी